लावण्य/साँखु । मुलुकभर लगाउन लागेको भेरोसेल खोप शंखरापुर नगरपालिकामा पनि यही असार ३० गते देखि श्रावण ३ गतेसम्म दिईने भएको छ ।
नगरपालिकाले आज प्रकाशित विज्ञप्ती यस्तो छ ।
कोभिड १९ विरुद्धको खोप चाईनिज भेरोसेल पहिलो मात्रा खोप लगाउने सम्बन्धी सूचना
जिल्ला स्थित कोभिड–१९ खोप तथा अनुगमन समितिको निर्णय अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान संचालन हुन गईरहेको हुँदा निम्न उल्लेखित विवरण अनुसार चाईनिज भेरोसेल पहिलो मात्रा जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी देहाय बमोजिमका खोप केन्द्रहरुमा उल्लेखित विवरण अनुसार खोप लगाउन आफुलाई पायक पर्ने खोप केन्द्रमा लगाउन हुने सबैमा हार्दिक अनुरोध गरिन्छ ।
खोप संचालन ः मिति २०७८।०३।३० गते देखि २०७८।०४।०३
समय ः बिहान १० बजे देखि बेलुका ४ बजे सम्म ।
खोप केन्द्र ः १) लप्सेफेदी स्वास्थ्य चौकी जहरसिंपौवा – सम्पर्क व्यक्ति अरुण कुमार गिरी ९८४१३४०७४४
२) साँखु स्वास्थ्य चौकी, बज्रयोगिनी जाने बाटो – सम्पर्क व्यक्ति अनिता भट्टराई ९८४३०१८५०६
३) ईन्द्रायणी नगर अस्पताल ईन्द्रायणी चोक बाट सानागाउँ जाने बाटो – सम्पर्क व्यक्ति डा. मन्दाकिनी श्रेष्ठ ९८५११४५९२०
जानकारीको लागि सम्पर्क ः विष्णुप्रसाद चापागाई जनस्वास्थ्य अधिकृत ९८५१२२९९०४
खोप लगाउने उमेर समूह ः
८ ५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु ।
८ विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र सहचालकहरु
८ सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु
८ नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु
खोप लगाउन आउँदा पालना गर्नुपर्ने नियमहरु
८ खोप लगाउन नजिकैको खोप केन्द्रमा अनिवार्यरुपमा आफ्नो उमेर खुल्ने र आफ्नो पेशा खुल्ने परिचय पत्र लिएर जानु होला ।
८ खोप केन्द्र आउँदा अनिवार्यरुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।
नोट ः दोस्रो पटक खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउनु पर्नेछ । खोप कार्ड सुरक्षित राख्नु होला ।

0 Comments
Thanks for your concerns