– सुदिप बस्नेत –
कान्तिपुर क्याम्पस
२०७८ बैशाख २ गते ।
लावण्य÷साँखु । साँखुको चलाखु टोलस्थित महालक्ष्मी मन्दिरसँगै प्रत्येक वर्ष चैत्र महिनाको अन्तिम दिन बिस्काःको यःसिं (लिंगो) उठाईने गरिन्छ । यसवर्ष चैत्र ३१ गते लिंगो उठाइएको थियो ।
साँखुमा सो लिंगो प्रत्येक वर्ष फेर्ने चलन नभएतापनि यस वर्ष भने पुरानो लिंगो जीर्ण भएको कारण यस वर्ष नयाँ लिंगो फेरिएको थियो ।
यस वर्ष भुल्बुको खत्रीपाखाबाट पूजा आजा गरि बरुवा (भेडाको पाठो) बलि दिई यःसिंको लागि रुख काटेर त्यहाँदेखि साँखुसम्म स्क्याभेटरको सहायताले यःसिं तानेर ल्याईएको थियो ।
आज बैशाख २ गते बिहान करिब ९ बजेतिर बिस्काःको लिंगो ढाल्नु अगाडि बाजा बजाउँदै साँखु बजार परिक्रमा गरिएको थियो ।
त्यसपछि केही भीड जम्मा भईसकेपछि करीब ५०÷६० जना व्यक्तिहरु मिलेर बिस्काको लिंगो ढालिएको थियो । साँखुमा भक्तपुरमा जस्तै बैशाख १ गते लिंगो नढाली २ गते ढाल्ने परम्परा रही आएको छ ।
साँखुको बिस्कामा प्रयोग गरिने लिंगोमा १ वटा मात्रै हलिंपता रहने गरेको छ । यहाँका गुठियार र स्थानीयका अनुसार दुईटा पत्ता मध्ये एउटा पत्ता उडेर भक्तपुर पुगेको कथन सुनिनमा आउँछ ।
यहाँको लिंगोमा राखिएको अहिलेको पत्ता १००३ सालमा राखिएको देखिएको छ । यसअघिको पत्ता ने.सं. ७८८ मा फेरिएको देखिन्छ ।
साँखुको लिंगो ३२ हातको हुन्छ भने भक्तपुरको लिंगो ५५ हातको हुन्छ । साँखुको लिंगोका एउटा हलिंपता हुन्छ । भक्तपुरको लिंगोमा दुईवटा हलिंपता हुन्छ ।
भक्तपुरको लिंगो उठाउन करीब ४÷३ सय मानिसको आवश्यकता हुन्छ भने साँखुको लिंगो उठाउन करीब सय जना मानिस भए पुग्छ भने ढाल्न करीब ६०÷७० जनाको उपस्थिति रहेपनि ढाल्न सकिन्छ ।


0 Comments
Thanks for your concerns