लावण्य/साँखु । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ क्षेत्र नं. २ बाट २७ हजार ३ सय ६६ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि निवर्तमान सांसद दीपकप्रसाद कुइँकेलले १४ हजार ९ सय मत पाएका थिए भने तेस्रो हुनुभएका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत पाएका छन् । यो जीत सँगै एमाले नेता नेपालले यस क्षेत्रबाट दोस्रोपटक नेतृत्व गर्ने हुनुभएको छ । यस अघि २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित नेपालले उपनिर्वाचनमा यस क्षेत्र छाडेपछि कुँइकेल निर्वाचित भएका थिए । चुनाव जितेपछि म…
चालु आर्थिक वर्ष २०७६–७७ को सुरुवातदेखि सरकारले ल्याएका कर र मालवस्तु ढुवानीसम्बन्धी नयाँ नियमले खासगरी साना उद्योग व्यवसायलाई मारमा पारेको छ । साना उद्योग, व्यवसायको क्षमता नै नहेरी सरकारले सबैलाई एकैखाले नियम लागू गरेको छ । अझ स–साना पसलहरुलाई समेत प्यान नम्बर अनिवार्य गर्नु, खरिद खाता, विक्री खाता राख्नु पर्ने बनाउनु भनेको उनीहरुको व्यवसाय बन्द गर्नु बराबर नै हो । साना उद्योग, व्यवसाय सानो पुँजी लगानीबाट सुरु भएका हुन्छन् । देशका सबै भूभागमा यस्ता लघु, घरेलु र साना उद्योग व्यवसाय सञ्चालनमा छन् । अर्थतन्त्रको समावेशी विकास र रोजगारी सिर्जनाक…
लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गुठी संंस्थानका कर्मचारीसँगको मिलेमतोमा मठाधीशहरुले गुठी जग्गा बेचेको बताउनुभएको हो । सो कुरा उहाँले असार २ गते सोमबार साँखुमा आयोजित लावण्य सन्देश साप्ताहिकको नवौँ वार्षिकोत्सवको उद्घाटनका अवसरमा भन्नुभएको हो । उहाँले सो अवसरमा लावण्य सन्देशमा कलम चलाउँदै आउनुभएका स्रष्टा एवम् सहयोगीहरूलाई सम्मान समेत गर्नुभएको थियो । साथै सोही अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेर प्रजातान्त्रिक आन्दोलनको लागि पत्रकारहरु उत्पादन गर्नुभएका वरिष्ठ पत्रकारद्वय कुलचन्द्र वाग्ले र मु…
स्थानीय सरकारहरुले संविधानले दिएको अधिकार खोस्ने प्रयास भए केन्द्र सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । प्रदेश सरकारले केन्द्र सरकारप्रति असन्तुष्टि जनाइरहेका बेला गाउँपालिका महासंघ र नगरपालिका संघले पनि संयुक्त रुपमा केन्द्र सकारलाई खबरदारी गरेका छन् । संविधान प्रदत्त अधिकार समेत संकुचन गर्ने काम भइरहेको भन्दै दुबैले संविधानले अक्षरस पालना गर्नुपर्नेमा जोड दिएका छन् । संवैधानिकव्यवस्था अनुसार फागुन २० गतेभित्र साविकका पुराना संघीय कानुनहरु संविधान अनुकूल हुनेगरी संशोधन, खारेजी तथा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ । तर, संघीय सरकारले सं…
यो हप्ता नेवार पत्रकारहरुको लागि दुईवटा उपचार कोषको स्थापना भएको छ । एउटा नेवाः पत्रकार कोष जसको नेतृत्व कुमार रञ्जित लगायतका श्रमजीवी पत्रकारहरुले गरेका छन् भने अर्को नेवाः पत्रकार राष्ट्रिय दबुले आफ्नो स्थापनाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा महानगरपालिकाको तर्फबाट ५ लाख सहित दाताहरुबाट संकलित रकम समेत जम्मा गरि १२ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिएको छ । रञ्जित नेतृत्वको कोषका पदाधिकारीहरुबाटै रु १ लाख जम्मा गरि कोषको शुभारम्भ गरेका छन् भने त्यसमा दा…
अधिकार कटौतीको कानुन बन्दै डा. गोविन्द केसीको आमरण अनसन तोडिएको छ । सँगसँगै उनीविरुद्ध आमरण अनसन बस्ने विजय थापाको पनि अनसन तोडिएको छ । दुवैको अनसनको विषयवस्तु फरक रहेतापनि यसपटक पनि सदा झैँ केसी नै चर्चामा रहे । उनको अनसन तोडाउन सरकारले आवश्यक ठानेन । खाली एउटा विज्ञप्ती दिएर अनसन तोड्न आग्रह गरे । अझ विजय थापाको विषयमा भन्नुपर्दा त उनलाई सरकारले वास्तै गरेको देखिएन । खाली प्रयोग मात्रै गरे । उनको अनसनको विषयमा सरकारको तर्फबाट कुनै प्रतिक्रिया नै जाहेर भएन । यसरी सरकार दुई तिहाईको दम्भमा भनौँ अथवा आफ्नो निर्णयमा अडिग भएको भनौँ । तर विधि र प्…
प्रमुख प्रतिपक्षीदल नेपाली काँगे्रस सदन र सडक दुवैतिर नदेखिएको गुनासो आम जनमानसमा व्याप्त थियो । यसैबीच यसवर्षको दशै तिहारको अवसरमा गरिएको चियापान कार्यक्रममा समेत नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत काँगे्रसलाई व्यंग्य गर्दै भनेका थिए– “प्रमुख प्रतिपक्षी दल कता हराए भनेको त यहाँ शानदार ढंगले चियापान गराउँदै रहेछ ।” हुनतः यसबीच नेपाली काँगे्रसले सरकारविरुद्ध सशक्तरुपमा संसदमा पनि आवाज उठाएको थिएन भने सडकमा जनता तताउने काम पनि गरेको थिएन । त्यसैले होला पूर्वप्रधानमन्त्री खनाललाई प्रमुख प्रतिपक्षीको भूमिका दह्रो नलागेको । दशैँ…
एमसीसीका मतियार खबरदार ! लावण्य÷साँखु । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो । माइतिघर, पुरानो बानेश्वर, नयाँ बानेश्वरमा नारा र प्लेकार्डसहित नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको हो । एमसीसीका मतियार खबरदार ! नेमकिपाद्वारा पुरानो बानेश्वर, नयाँ वानेश्वर र कोटेश्वरदेखि मीनभवनसम्म जुलुस गर्दै …
किशोरी हत्या प्रकरणमा तातिएर केही समय सेलाएको कञ्चनपुर पुनः तातिने संकेत देखापरेको छ । केही समय अगाडि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरकी १३ वर्षीया बालिकाको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन शुरु भएको छ । बालिका हत्याको विषयमा उच्चस्तरिय छानवीन समितिको प्रतिवेदन गृहमन्त्रीले बुझेपछि सार्वजनिक भएको छैन । प्रतिवेदनमा के छ भन्ने कुरा जबसम्म गृहले सार्वजनिक गर्दैन तबसम्म प्रतिवेदनमा भएको विषयवस्तुवारे कुनै कुरा बाहिर आएतापनि ती कुराहरु सुने र सुनाईएको घटनाको रुपमा मात्रै ब्याख्या गर्न सकिने हैसियतको हुनेछ । अर्थात् ती र त्य…
अहिले मुलुकभर संघीयता लागू भएपछि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच आपसी अधिकारको विषयमा केही तानातान देखिएकोछ । एकले अर्कोको अधिकार क्षेत्र नाघेको चर्चा राजनैतिक वृत्तमा चल्न थालेकोछ । त्यसमाथि पनि नेकपाको नेतृत्वमा सरकार गठन भएको स्थानमा भन्दा प्रदेश नं. २ मा त्यो समस्या बढी उजागर भएको छ । किनकी त्यहाँ संघीय समाजवादी फोरम र राजपा नेतृत्वको सरकार छ । त्यहाँ प्रदेश सरकारले गरेको गतिविधि र केन्द्र सरकारको निर्णय बाझिने अवस्था एकदमै धेरै देखिएको छ । सुरुमा नागरिकता वितरण गर्ने विषयमा विवाद भएको थियो । जसमा प्रदेश सरकारले बुबा आमाको बंसज…
गत वर्ष कोभिड महामारीका कारण विशेषगरी नेवार समुदायले आफ्नो जात्रा मात्रा एवं पर्वहरु मनाउन पाएनन् । तर गत वर्ष माघ देखि भने साँखुको कुरा गर्ने हो भने दशौँ लाख भक्तजनलाई स्वागत गर्दै स्वास्थ्य मापदण्डको सक्दो पालना गर्दै माधवनारायण व्रत एवं माघ मेला सञ्चालन गरिसकेपछि भने विभिन्न जात्राहरु सुरु भए । सोही क्रममा साँखुको जात्रा, भक्तपुरको जात्रा, टोखाको जात्रा सञ्चालन भएपनि मछिन्द्रनाथको जात्रा सांकेतिकरुपमा मात्रै भयो भने बनेपा, पनौति लगायतका स्थानहरुमा जात्रा सञ्चालन भएनन् । त्यसपछि बिस्तारै कोरोनाको ग्राफ कतै उकालो कतै ओरालो लागेपनि खोप लगाउन थ…
अहिले बजारमा दुर्ईवटा विषय चर्चामा छ । एउटा स्थानीय तहले लगाएको कर र अर्को भर्खरै लागू भएको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता हो । कुनै पनि ऐन कानुन बनेपछि लागू हुन्छ । त्यसमा कमी कमजोरी हुँदा सच्चिन्छ । तर अहिले ऐन लागू भएकै दिन र भोलिपल्टको माईतिघर मण्डला र सिंहदरवार अगाडिको दृश्यले भने सरकार कतै ऐन कार्यान्वयनको नाममा अधिनाकवादतर्फ अग्रसर त छैन भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । पहिलो त गाईलाई राष्ट्रिय जनावर मान्नुको सट्टा अर्को कुनै जनावरलाई राष्ट्रिय जनावर मानियोस् र राष्ट्रिय जनावर मानिसकेपछि त्…
स्थानीय तहको चुनाव भएको करिब १ वर्ष ३ महिना पुग्यो । नयाँ संविधान अनुसार चुनाव भई नेकपा नेतृत्वको सरकार बनेपछि केपी ओली प्रधानमन्त्री भएको पनि ६ महिना पुगिसकेको छ । यसबीच जनप्रतिनिधीले आफ्नो सेवा सुविधा बढाउने कार्य तदारुकताका साथ गरे । सरकारले पनि सेवा सुविधामा साथ दिए । तर जनताको लागि गर्नुपर्ने कार्यहरुमा भने तदारुकता देखिएन । सरकारको मूल्यांकन गर्दै नेपाल साप्ताहिकले ओली सरकार ६ महिनामा जस्ट पासको उपमा दिएको छ । यसले सरकारले गरेको काम खासै राम्रो नभएको बुझिन्छ । कम्तीमा पनि ५० प्रतिशत प्लस भएको खण्डमा नै सरकार उचित बाटोमा गएको भन्न सकिन्छ …
सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा खरो उत्रिन नसकेको चर्चा पार्टी भित्र र बाहिर चलेको छ । अर्थात् नेपाली काँगे्रसको प्रतिपक्षको भूमिका ज्यादै कमजोर रह्यो उनले आफ्नो पहिचान र मुद्दा प्रष्ट पार्न सकेन । सरकारको विरोध गर्ने सनातनी पारा मात्रै काँगे्रसले गरिरहेकोछ । यो पाराले देश चल्दैन । यो पाराले सम्भवतः नेपाली काँगे्रसलाई उकास्दैन पनि । अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जित…
डा. गोविन्द केसीले यही श्रावण १० गते २७ औँ दिन सरकारले आफ्नो माग पूरा गर्ने भएपछि अनसन स्थगित गरेका छन् । उनको माग जायज छन् वा छैनन् यतातर्फ अनसन बस्नु अगावै वादविवाद वा तर्क वितर्क हुनसक्नुपथ्र्यो । तर त्यसो भएन । सरकारी पक्षबाट पहिले गरिएका सम्झौता कार्यान्वयनमा नल्याई चिकित्सा शिक्षा ऐन संसदमा ल्याउने भएपछि उनी अनसनमा रहेका थिए । उनको प्रमुख मागका रुपमा रहेको १० वर्ष सम्म उपत्यकाका तीनवटै जिल्लामा मेडिकल कलेजको लागि सम्बन्धन नदिने मागको विषयमा तत्कालिन एमाले र अहिलेको सरकार प्रमुख नकारात्मक थिए । यसको प्रमुख कारणका रुपमा रहेको थियो मनमोहन म…
संसारमा लोकतान्त्रिक मुलुकहरुमा सत्तामा बस्नेहरुले घमण्ड गर्न सक्दैनन् । किनकी त्यहाँको नीति नियमले उनको घमण्ड टिक्न दिँदैन । केही गरि टिके पनि अर्को चुनावमा आफू मात्रै हैन आफ्नो पार्टी समेत फालिन्छ भन्ने डर हुन्छ र उनको पार्टीले समेत उनलाई जनताको समस्या समाधानमा उदासीन हुन दिँदैन । विपक्षीसँग सँधै मिलेर जानुपर्छ भन्ने पार्टीले निर्देशन दिईरहन्छ । तर विकासोन्मुख देशको रुपमा रहेको नेपाल, भारत, पाकिस्तान, बंगलदेशमा भने त्यसको ठीक उल्टो भईरहेकोछ । सत्तामा बस्नेको घमण्डकै कारण पार्टी पद्दती नै भड्खालोमा जान्छ । उनको घमण्ड कै कारण पार्टीले चुनाव हा…
– प्रदिप गिरी – (तत्कालिन अवस्थामा तत्कालीन सरकार प्रमुखले गरेको व्यवहारका विषयमा विद्वान सांसद प्रतिप गिरीले संसदमा बोलेको विषय हो यो अहिले पनि सरकार फेरिएको छ सम्भवतः यस्तै अवस्थामा बोलिएको भएर यो विषय यहाँ पुनः पस्किएको हो । – सम्पादक) लावण्य÷साँखु । म एउटा अत्यन्त सानो, लगभग नगन्य भन्न मिल्ने प्रसंगबारेमा कुरा गर्न उठेको छु । केही दिनअघि समाचारमा आयो– संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन एयरपोर्टबाट फर्काएर ल्याइयो । आफू फर्काएर ल्याइएको अपमानबोधमा उनले मानवअधिकार आयोगमा एउटा निवेदन दिएका छन् । निवेदनमा उनले केही …
आम जनताले गुनासो गर्नु त स्वाभाविकै हो । उनीहरुले मत दिएर सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि चुनेर पठाएका छन् । काम गर्छु भन्ने खालका प्रतिनिधिलाई चुनेर पठाएका छन् । उनीहरुले आफूले मन खाएका प्रतिनिधिलाई चुनेर पठाएका छन् । त्यसैले आफुले चुनेका प्रतिनिधिले काम गर्न नसक्दा वा नगर्दा गुनासो गर्नु स्वाभाविकै हो । आम मानिसले राजनीति गर्ने नेताहरुले काम गरेनन्, कर्मचारीले काम गरेनन्, जनप्रतिनिधिले काम गरेनन् भनेर भन्नु स्वाभाविकै भएपनि सरकारमा सामेल मन्त्रीहरुले नै गुनासो गर्न थालेपछि भने अचम्मै हुने नै भयो । अहिले मुलुकमा यस्तै भईरहेक…
खानेपानीको व्यवस्थापनमा ध्यान दिन नसक्दा गत शुक्रबार दाङको शान्तिनगर गाउँपालिकाको ८ सय ५१ घरधुरीका करिब ४ सय भन्दा बढी व्यक्ति एकै दिन झाडापखालाबाट थलिए । एकै दिन ४ सय भन्दा बढी झाडापखालाका विरामी आएपछि त्यहाँ रहेको स्वास्थ्य चौकीले भीडलाई थेग्न सकेन र स्वास्थ्य चौकीले वरिपरि रहेका ४ वटा स्वास्थ्य चौकीको सहायता एवं जिल्ला जनस्वास्थ्य संस्थाको टोली नै त्यहाँ पुगेर उपचाररत रहेका छन् । साथै कपितय विरामीहरुलाई तुल्सीपुर रिफर गरिएको छ । यसरी विरामी हुनुको प्रमुख कारण भने त्यहाँ रहेको माईलीपानी खानेपानीको मुहानको पानी अपुग भएको कारण नजिकै रहेको अर्क…
स्थानीय तहको निर्वाचन भएको पनि आजबाट ठीक १ वर्ष पुगेको छ । अझ पहिलो चरणको निर्वाचनको कुरा गर्ने हो भने त त्यो भन्दा बढी नै भैसक्यो । यस हिसाबले स्थानीय तहमा चुनाव जितेर आएका जनप्रतिनिधिले आफ्नो कार्यकालको १ वर्ष पार गरिसकेका छन् र गर्ने तरखरमा छन् । तर यस अवधिमा जनप्रतिनिधिले आफूले के–के काम ग¥यौँ भनेर आफूले गरेका कामको विवरण दिएर जनतासमक्ष प्रस्तुत गर्ने परम्परा बसालेको पाइएन । जुन जरुरी थियो । स्थानीय तहको चुनाव हुँदा नेताहरुले भाषण गर्ने गरेजस्तै सिंहदरवारको अधिकार गाउँमा पुगेको हो कि होईन । होईन भने कहाँ कहाँ समस्या देखियो । जनताले चाहेको …
सामाजिक संजाल