प्रकाशमान सक्व साँखु शालिनदी स्वस्थानी साँगे पूर्णिमाका दिन सम्पूर्ण एक सय आठ पु¥याएर श्रीश्रीश्री माधव नारायण भगवानको मूर्तिको विधी न्यास पूजा गर्न अश्वमेघ यज्ञ गर्नु पर्ने प्रावधान रही आएको पाईन्छ । घोडालाई नियमानुसार पूजा गरी हज्जारौँ सशस्त्र सेना पछाडि पठाई छोडिने उक्त घोडा जहाँ जहाँ पुग्दछन् ती सबै जग्गा जमीन र राज्यका राजा, महाराजालाई परास्त गरी आफ्नै राज्यमा फर्केका सैनिकहरु र घोडालाई धुमधामले स्वागत गरी अन्तमा आफू छत्रपती महाराजधिराज भएको घोषणा गरी घोडालाई बली दिई घोडाको टाउको नै यज्ञमा होम गरी कार्य सम्पन्न गर्नुपर्नेलाई अश्वमेघ यज्ञ …
प्रकाशमान सक्व जुनसुकै विहारमा पनि भिक्षु भन्ते बर्षाबास बसेको खण्डमा बर्षाबास पछि कठिन दान गर्नुपर्ने नियम बुद्धको पालादेखि चल्दै आईरहेको कुरा बुद्धजीवनी कथामा लेखिएको छ । कठिन जीवनयापन गरि श्रावण पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना बर्षाबास पछि कार्तिक पूर्णिमाभित्र कठिन चीवर दान दिने गरिन्छ । यो बौद्धमार्गीहरुको नियम भित्र पर्दछ । साँखु नगरभित्र २०७९ सालमा श्री मणिचुड जन्मभूमी महाविहारको नामबाट पौराणिक शंखरापुर नगरभित्र वडा नं. ६ ईपाटोलमा स्थापना गरेको छ । त्यस महाविहारमा स्थानीय दयालक्ष्मी बुद्धाचार्यले श्री मुनिबिहार भक्तपुरबाट दिक…
साँखुमा प्रत्येक वर्ष कागेअष्टमीका दिन निकालिने देवी नाच यो वर्ष भाद्र १९ गतेदेखि २१ गतेसम्म ३ (तीन) दिन हुने भएको छ । १२ भाद्र २०७९, मंगलवार लावण्य/साँखु । साँखुमा प्रत्येक वर्ष कागेअष्टमीका दिन निकालिने देवी नाच यो वर्ष भाद्र १९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । यस वर्ष नयाँ देवी सिकाइएको हुँदा देवी नाच निकालिनु अगाडि धुँलाटोलको नाट्यश्वर मन्दिरमा पञ्चवली पूजा गरि धुँला डबलीमा सर्वप्रथम नाच देखाउने परम्परा रही आएको छ । प्रत्येक वर्ष कागेअष्टमीको दिन रातभरि नचाइने देवी नाच यस वर्ष भने ३ दिन नचाइने भएको छ । प्रत्येक दिन धुँला डबलीमा नाच देखाएर …
– श्रीकृष्ण श्रेष्ठ, साँखु/कुमार लामा कागेश्वरी प्रत्येक वर्ष कागेअष्टमीको दिन कागेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । यसपाली पनि सो मेला भदौ १९ गते परेको छ । यस वर्ष मेला व्यवस्थापन भव्यरुपमा गर्ने निर्णय सो क्षेत्रका सरोकारवालाहरुको बैठकले गरेको छ । मेलामा विशेषतः गोसाइँकुण्ड, पाँचपोखरीको तीर्थ यात्रा गरेका तीर्थ यात्रीहरुले सो स्थानको जल कागेश्वर महादेवलाई चढाएपछि मात्र फल मिल्ने भन्ने जनविश्वास रहेको कारण पनि उक्त दिन कागेश्वर स्थानमा जाने भक्तजनहरुको भीड लाग्ने गर्दछ । मेलामा विशेषतः तामाङ समुदायका झाँक्री विद्या सिकेका व्यक्तिहरुको पूज…
प्रकाशमान सक्व ऊँ नमः चतुषष्ठी शिवलिङ्गेम्यः ।। १. आदिलिङ्ग श्री कुशेश्वर महादेव – श्री ब्रम्हाणी योगिनी स्थान पूर्व २ नं. दुम्जा, उचाई डेढ हात २ हात गोलाई । २. श्री भीमेश्वर महादेव – श्री चण्डिका योगिनी, स्थान दोलखा चरिकोट, १२ अंगुल उचाई डेढ हात गोलाई । ३. श्री काफेश्वर महादेव – श्री रौद्री योगिनी स्थान बाह«बिसे पूर्व १ नं. १ हात उचाई डेढ हात गोलाई । ४. श्री काश्येपेश्वर महादेव – श्री गौरी योगिनी, स्थान पूर्व १ नं. मन्दन ह्याँग्वापाटी, १४ अंगुल उचाई १ हात ३ अंगुल गोलाई । ५. श्री स्फटिकेश्वर महादेव – श्री इन्द्राणी योगिनी, स्थान पूर्व १ नं. फट…
- प्रकाशमान सक्व संस्कृति देशको गहना हो । कुनै पनि समुदायको आफ्नै मौलिक परम्पराहरु जस्तै जात्रा, मेला, पर्व आदि उनीहरुका सम्पदा र संस्कृति हुन् । त्यस परम्परा र संस्कृतिले उक्त जाति, समुदायहरुको सभ्यताको पहिचान गर्दछन् । हाल नेपाल मण्डल भित्र विभिन्न जात्रा, पर्व उत्सव चलिरहेका छन् । बसन्त महोत्सव श्री पञ्चमीदेखि सुरु हुने जात्रा पर्वहरु पनौतिको भद्रकाली र भैरवको जात्रा सम्पन्न भईसकेपछि मात्र अन्त्य हुन्छ । पिशाच चतुर्दशीदेखि काठमाडौँ उपत्यकाबाट सप्तमातृका देवीहरुको जात्रा सुरु भएपछि भक्तपुर, ठिमी, बोडे, साँखु, बज्रवाराही आदि स्थानमा देवी देवत…
– अमृतानन्द बज्राचार्य – नेपाल मण्डलको उत्पत्ति हुनुभन्दा अगाडि यस स्थान एक कालीनाग दहको रुपमा रहेको हामी विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाउँछौँ । यस दहलाई बोधिसत्व श्री महामञ्जुश्रीद्वारा आफ्नो खड्गहासको माध्यमबाट छेदन गरी यस क्षेत्रलाई मानव बसोबास योग्य बनाए र आफुसँगै ल्याएका शिष्य धर्मादित्यलाई राज्याभिषेक गरी आफु फेरी महाचीनतर्फ प्रस्थान भए भनेर विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको हामी पाउँछौँ । नेपाल मण्डलको प्राचिन नगर साँखुलाई स्थानीय नेपाल भाषामा “सक्व दे” भनिन्छ । जसको अर्थ “सँ देया क्वे” यानी ल्हासा मुनिको देश भनेर बुझिन्छ जुन…
सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्– क ताय् (धानको लावा) क आखे १०८ (केलाएको चामल) क जाकी (अक्षता) क ईता (दीप बत्ती) क क्वखं मगागु लः (कागले ननाघेको जल) क पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप) क जजंकाः (देवतालाई लगाईदिने डोरो) क ईता १०८ (दीप बत्ती १०८) क जजंकाः १०८ (डोरो १०८) क पलेस्वां (कमलको फूल) क उफोस्वां (नीलकमलको फूल) क धन स्वां –धन फूल(कन्दर्भ) क कपु स्वां (कर्पुर पाती) क गुण केरा स्वां (गुणकेशरी फूल) क द्वाफो स्वां (वेली फूल) १०८ क चाँदी…
माधवनारायण व्रत साङ्गेका दिन चाहिने सामग्रीहरु सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्– क ताय् (धानको लावा) क आखे १०८ (केलाएको चामल) क जाकी (अक्षता) क ईता (दीप बत्ती) क क्वखं मगागु लः (कागले ननाघेको जल) क पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप) क जजंकाः (देवतालाई लगाईदिने डोरो) क ईता १०८ (दीप बत्ती १०८) क जजंकाः १०८ (डोरो १०८) क पलेस्वां (कमलको फूल) क उफोस्वां (नीलकमलको फूल) क धन स्वां –धन फूल(कन्दर्भ) क कपु स्वां (कर्पुर पाती) क गुण केरा स्वां (गुणके…
माधवनारायण व्रतका केही नियमहरु चिभ्वय् नयेगु २०७८ माघ २ गते आईतवार जल कायेगु (जल लिने) व्रत सुरु २०७८ माघ ३ गते सोमवार सनातनदेखि चलिआएको यस व्रतका नियमहरु यसप्रकार छन्– १. सम्पूर्ण व्रतालुको हकमा छुन नहुने विषयहरु ः क नुन, माछा, मासु, मरमसला (नाम समेत लिन नहुने) क अन्य पशुपंक्षी तथा जनावरहरु (नाम समेत लिन नहुने) क जुत्ता, मोजा, मगन्तेहरु, रजस्वला भएकी महिलाहरु तथा अछुतहरु । क जुत्ता, चप्पल लगाएका कोहीपनि मान्छेसँग भेटघाट गर्दा नछोईकन कुराकानी गर्ने । क दुध र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने । २. सम्पूर्ण व्रतालुको हकमा भ…
– प्रकाशमान सक्व हिन्दू धर्म अनुसार बत्तिस लक्षण र चौसठ्ठी विधाका ज्ञाता भगवान विष्णुलाई मानिएको छ । विष्णु अवतार भनेर राम र कृष्णलाई सातौँ र आठौँ अवतार मानिएका छन् भने रामलाई बत्तिस लक्षणयुक्त मानव अवतारको रुपमा लिइन्छन् । त्यस्तै कृष्णलाई चौसठ्ठी विधाका पारंगत पुरुष मानिएको पाईन्छ । तैपनि दुवै अवतारको संयुक्त रुप परमब्रम्ह पुरुषोत्तम नारायणको रुपमा पूजिन्छन् । त्यसकारण धार्मिक कविहरुले भजनको रुपमा ..... जय जय जय नारायण परमब्रम्ह पुरुषोत्तम विश्वरुप आत्मा पालनकर्ता .... भनि गीत गाउने गर्दछन् । सीताराम गौरिशंकर लक्ष्मी नारायण, राधाकृष्ण आदि १०…
प्रकाशमान सक्व वलिराजाको इच्छाअनुसार त्रिलोकपति भगवान विष्णु पातालमा द्वारपाल बन्न पुग्नुभयो । बैकुण्ठपुरीमा भगवती लक्ष्मीलाई साह्रै नरमाईलो लागेको महसुस भएपछि आफ्ना सहेलीहरु जया विजयाहरु सहित भई सबैले भेष बदलेर पाताल पुरीका वलिराजाको सेवा गरिन् । लक्ष्मीको बास पातालपुरीमा भएकोले पातालपुरी बासी सबैको सुख शान्ति, धनधान्यले भरीपूर्ण भएको देखेर वलीराजा आफ्ना सेविका लक्ष्मी देखि खुसी भई बहिनी बनाएर दरवारमा रहने अनुमति दियो । लक्ष्मीको आगमनपछि लक्ष्मीनारायण सहितको बैकुण्ठपुरीको जस्तै शोभा भएर वलिराजाको दरवार जाज्वल्यमान भएर सम्पूर्ण लक्षणले परिपूर्…
लावण्य/साँखु । नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । हिजाे साेमवार बेलुकीदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरू बाढी आएपछि त्यहीँ फसेका हुन् । आज मङ्गलवार बिहानैदेखि सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको…
लावण्यकर्मी, ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरियो । – कृशु श्रेष्ठ – २०७८ असोज २० गते बुधवार लावण्य÷साँखु । साँखुका ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार यही असोज १९ गते प्रदान गरिएको छ । उहाँलाई सो पुरस्कार यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को जगेर्ना गर्नको लागि अथक प्रयास गरे वापत प्रदान गरिएको हो । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ । पुरस्कृत हुनुभएका प्रकाशमान श्रेष्ठ सक्व लावण्य सन्दे…
२०७८ असोज २ गते लावण्य/साँखु । देश सञ्चार डटकम ले आजको अनलाईनमा उल्लेख गरेको छ- स्वस्थानी मातालाई पसिना आएको छ। शनिबार बेलुका ६ बजेतिर नित्य पूजा भइरहेको समयमा साँखु सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको मन्दिरका पुजारी मधु ढुंगानाले जानकारी दिए। उनका अनुसार मूर्तिको अनुहारबाट बग्ने गरी पसिना आएको र आफूले कपडाले पुछेको बताए। ढुंगानाले भने ‘म नित्य पूजाका लागि मन्दिरमा पुग्दा पसिना आइरहेको रहेछ। मैंले कपडाले पुछेँ पनि फेरि आयो। मूर्तिको अनुहारबाट बगेको पसिना घाँटीसम्म आयो।’ उनका अनुसार स्वस्थानी मातालाई पसिना आएको यो दोस्रोपट…
२०७८ भाद्र १९ गते लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले श्रीश्रीश्री माधवनारायणको मूल मन्दिर बनाउनको लागि जग खन्ने कार्य भाद्र १७ गते बाट सुरु गरेको छ । केही साता अघिदेखि यस कार्यमा समिति लागिपरेको भएतापनि मौसम अनुकूल नहुँदा सम्म खन्ने काम थालेको थिएन । अहिले मौसम अलिकति खुल्नासाथ समितिले काम थालेको हो । यो मन्दिर खोलातिरबाट हेर्दा ३ तल्ले र भीमसेन पाटी तर्फको साईडबाट हेर्दा २ तल्ले देखिनेछ । यस मन्दिरको लागत ३ करोड ५० लाखको अनुमान गरिएको छ । जुन रकम केही कम हुन सक्ने आँकलन गरिएको छ । मन्दिर निर्माणको लागि आवश…
लावण्य/साँखु । केही वर्ष अगाडि देखि साँखुमा पनि केही युवाहरुले बोलवम यात्रा सञ्चालनमा ल्याएको छ । बोलबम यात्रा सञ्चालन गर्दा देखि अहिलेसम्म सो समूहका युवाहरुले आफ्नो परिचयको लागि समेत खासै संगठनको रुप भने दिन सकेका छैनन् । साँखुमा बोलबम यात्रा २०७१ साल श्रावण २६ गतेबाट सुरु भएको हो । यस वर्ष पनि यही श्रावण ३२ गते बोलबम यात्रा सञ्चालन गरिएको थियो । सो यात्राका क्रममा करीब ५० जना युवा युवती र आमा बुबाहरुको सहभागिता रहेको थियो । बोलबममा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो । साथै स्वतः स्फूर्त रुपमा नारायणेश्व…
– प्रकाशमान सक्व ऊँ अद्य ब्रह्मण दुतिय पाराध्य श्वेत वराह करपे भैवस्वत मनन्तरले अस्ता विसति तमसे चतुर्जुगस्यकरे प्रथम पादे जामु दिपे भरत खंदे भारथ वर्षे आज्र्यावर्तदेशय हेमवत दक्षिणपारे नेपाल मंदे्र वासुखि क्षेत्रे श्रीश्रीश्री पशुपति सन्यधाने वासुखी क्षेत्र वाद्यमत्या पूव्र्वकूले कासिकाया प्रशिम भागे श्रीश्री स्वयम्भूचैपित्र धाने श्रीश्री शंखरापुर नगर श्रीश्री ज्योतिरिंगेश्वर मूले यहिवापुरे नम ऊँ अद्योणाओमा माणकल पक्ष पञ्चमीया तिथौ हस्त नक्षत्र शूभ जोग्य जथा कण सुतेक ।। आदित्यवासरे सिंघराशीगते सवित्रे कर्कट राशी गतेः चन्द्रमसि ।। अस्त कासिव ग…
सामाजिक संजाल