लावण्यकर्मी, ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरियो । – कृशु श्रेष्ठ – २०७८ असोज २० गते बुधवार लावण्य÷साँखु । साँखुका ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार यही असोज १९ गते प्रदान गरिएको छ । उहाँलाई सो पुरस्कार यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को जगेर्ना गर्नको लागि अथक प्रयास गरे वापत प्रदान गरिएको हो । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ । पुरस्कृत हुनुभएका प्रकाशमान श्रेष्ठ सक्व लावण्य सन्दे…
जनताको हक सुरक्षित होस् हामीले सुरुदेखिनै भन्दै आएका थियौँ । हामी हाम्रो अधिकारका लागि हैन तपाइँहरुको अधिकारको लागि लड्छौँ । आम जनताको सू–सुचित हुने अधिकारका लागि लड्छौँ । तर एउटा कुरा पक्का हो यस अवधिमा हामीले हाम्रा पाठकहरुबाट अधिकतम माया पाएका छौँ । त्यसैले नै हामीले पत्रिकाको गुणस्तर परिवर्तन देखि लिएर पाठकको मायाकै कारण विज्ञापनहरु समेत पाएका छौँ । यसपटक पुनः जनताको हक हनन गर्न लागेकाहरु विरुद्ध सम्भवतः सञ्चारकर्मीहरुले पनि संघर्ष गर्नुपर्ने देखिन आएको छ । कुनै पनि तानाशाहले सबैभन्दा पहिले सञ्चार जगतलाई आक्रमण गर्दछ । त्यसपछि अन्य ठाउँहरु…
हामीले लावण्य सन्देश साप्ताहिक सुरु गरेको पनि आज छैठौँ वर्ष पूरा भई सातौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हाम्रा समस्त पाठकवृन्द , शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यो पत्रिका सुरु गर्दा देखि नै हामीले भनेका थियौँ हामी आफ्नो हैन अरुको अधिकारको लागि लड्छौँ । हामीले निरन्तर अरुको अधिकारको लागि लड्दै आएका छौँ । हामीलाई लाग्छ आफूले अरुको अधिकारको रक्षा गरिदिए आफ्नो अधिकारको रक्षा पनि यत्तिकै हुन्छ । हामीले २०६९ साल जेष्ठ ३१ गतेदेखि लावण्य सन्देश …
प्रकाशकीय कोरोना भाईरस र पत्रिकाको निरन्तरताका सम्बन्धमा छिमेकी मुलुक चीनको बुहानबाट सुरु भई संसारभर फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण अहिले मुलुक लकडाउनमा रहेको छ । यस अवस्थामा हाम्रो पत्रिकाको प्रकाशन गर्न, वितरण गर्न समेत समस्या उत्पन्न भएको छ । मुलुककै जेठो पत्रिका तथा सरकारी प्रकाशन गोरखापत्रको समेत वितरणको अवस्था सहज छैन । सबैभन्दा बढी विक्री हुने पत्रिका कान्तिपुर, नयाँ पत्रिका, नागरिक दैनिक, राजधानी लगायतका पत्रिकाहरु समेतको प्रकाशन एवं वितरण रोकिएको अवस्थामा हामी मात्रै अछुतो रहने कुरै भएन । यसैले हामीले हाम्रो पत्र…
सामाजिक संजाल