लावण्य÷साँखु । धेरै बेरको रस्साकस्सी पछि नयाँ सरकारको नेतृत्व नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पाउने भएको छ । यसका लागि उनले नेकपा एमाले सहित ७ दलसँग सहमति गरेका छन् । ७ दलको निर्णय सँगै केही समय अगाडि नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् । प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्…
विदेशी चासोका बीच आगामी सरकार कस्को बन्छ भन्ने जनचासो– सरकार कुन दलले बनाउने ? लावण्य/साँखु । राष्ट्रिय राजनीतिको गतिमा प्रभाव राख्ने पाँच व्यक्तिले बुधबार आफूहरूको धारणा सार्वजनिक गरे– ‘सरकार गठन प्रक्रियामा बाह्य संलग्नताले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने जोखिमतर्फ हामी चिन्तित छौँ । प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका दुई दल (कांग्रेस र एमाले) निरन्तर संवादमा रहून् र वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय तथा संविधानवादका आधारबारे साझा धारणा बनाऊन् भन्ने हाम्रो चाहना छ ।’ नागरिक अगुवा तीर्थमान शाक्य, कुलचन्द्र गौतम, युवराज घिमिरे, सुशी…
प्रधानमन्त्री को बन्छ, अहिल्यै बोल्न हतारो हुन्छ ः चन्द्र भण्डारी प्रधानमन्त्रीमा माओवादीको दावी कति उचित ? नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री को बन्छ भन्नेबारे अहिले नै बोल्नु हतारो हुने टिप्पणी गर्नुभएको छ । लावण्य/साँखु । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री को बन्छ भन्नेबारे अहिले नै बोल्नु हतार हुने टिप्पणी गर्नुभएको छ । शनिबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको तयारी गरेकोबारे पत्रकारको प्रश्नमा भण्डारीले यस्तो बताउनुभएको हो । “संसदीय व…
समानुपातिक तर्फ कुन दलले के कति मत पाए ! १२ मंसिर २०७९, सोमवार लावण्य/साँखु । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार सोमबार बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म २५ लाख २५ हजार ९९ मत पाएको छ । नेपाली कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६९ हजार ७ सय ५८ र नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २ सय ७० मतसहित चौथो स्थानम…
प्रचण्डले सरकारको नेतृत्व लिन पहल ग–यो, अबको प्रधानमन्त्री प्रचण्ड ! आम निर्वाचनको परिणाम प्राप्त हुँदै गर्दा चुलिएको हङ पार्लियामेन्टको अवस्था करीब बरी सकिएको छ । गठबन्धन सरकारकै निरन्तरता हुने देखिएको छ । लावण्य÷साँखु । आम निर्वाचन २०७९ सकिए लगत्तै मतगणनाका क्रममा देखिएका हङ पार्लियामेन्टको स्थिति करीब करीब अन्त्य भएको छ । अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा करीब १ सय ४० सीट प्रतिनिधिसभामा देखिने भएका छ । वर्तमान संविधान अनुसार सरकार गठन हुन आवश्यक बहुमत १ सय ३८ सीट हो । कुन दलका कति सीट ? अहिले देखिएको सम्भावना अनुसार नेपाली काँगे्रसको प्र…
भक्तपुर–१(ख) मा गोसाई बाहेक सबै उमेदवारको जमानत जफत ८ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१(ख) को प्रदेश सभा सदस्यमा नेमकिपाका सुरेन्द्र राज गोसाईले २९ हजार ७०४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरेका छन् । गोसाईले निकटतम प्रतिद्वद्वि काँगे्रसका भुजुलाई २६ हजार ५४३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ गोसाईको विपक्षमा रहेका सबैको मत जोड्दा ८ हजार ४९२ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि गोसाईलाई हराउन २१ हजार २१२ मत आवश्यक हुन्छ । आयोगका अनुसार …
भक्तपुर–१ मा सत्ता गठबन्धनका उमेदवारको जमानत जफत ८ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत पाउँदा पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुनील गोठेको जमानत जफत भएको छ । उनले ५ हजार २८३ मत पाएका थिए । सुवालले निकटतम प्रतिद्वद्वि नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ सुवालको विपक्षमा रहेका सबैको मत जोड्दा २८ हजार ९४८ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि सुवाललाई हराउन १३ हजार ८१४ मत आवश्यक …
७ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा तर्फको चुनावमा प्रदेश ख तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्टले १२१६३ र प्रदेश क तर्फ सोही पार्टीका सुनिल केसीले ६५९८ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश ख तर्फ राजु विष्टले १२१६३ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भन उहाँका निकटतम प्रतिद्वन्द्वि शंखरापुर नगरपालिकाका पूर्व मेयर सुवर्ण श्रेष्ठले ९०९० मत र गठबन्धनका उम्मेदवार भरत प्रसाद फुयालले ८०१५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीको अशोक खड्काले २८४९,…
७ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रतिनिधिसभा तर्फको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले १५२२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । गौतमका निकटतम प्रतिद्वन्द्वि मणिराम फुयालले ११५५५ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका कुन्ती देवी पोखरेल (उपाध्याय)ले ११०१४, गठबन्धनका उम्मेदवार ओनसरी घर्तीले ९४४९, स्वतन्त्र उम्मेदवार पुण्य प्रसाईले ९४९, हाम्रो नेपाली पार्टीका कोषराज सुवेदीले ६२९, अनुप बोहोरा २४२, नेमकिपाका अनिल श्रेष्ठले २३५, काशिराम पुडासैनी २१५, विवेकशील साझा पा…
२०७९ मंसिर ७ गते बुधबार लावण्य/साँखु । नेपाली काँगे्रसका प्रतिनिधि सभातर्फ मुस्ताङबाट योगेश गौचन थकालीले विजयी सुरुवात गरेपछि सँगसँगै मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापा विजयी भएका छन् । काठमाडौँ क्षेत्र नं. ५ बाट प्रदिप पौडेल, काठमाडौँ क्षेत्र नं. ३ बाट सन्तोष चालिसे, काठमाडौँ क्षेत्र नं. १० बाट राजेन्द्र कुमार केसी, ललितपुर १ बाट उदय समशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी तनहुँ २ बाट शंकर भण्डारी, रसुवा १ बाट मोहन आचार्य, पर्सा ४ बाट रमेश रिजाल विजयी हुनुभएको छ भने डडडेलध…
नेपाली काँगे्रसले हालसम्म संघीय संसद सदस्य ४ र प्रदेश सदस्य पनि ४ वटा क्षेत्रमा मात्र विजय प्राप्त गरेको छ । लावण्य÷साँखु । नेपाली काँगे्रसका प्रतिनिधि सभातर्फ मुस्ताङबाट योगेश गौचन थकालीले विजयी सुरुवात गरेपछि सँगसँगै मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापा विजयी भएका छन् । त्यसैगरी प्रदेश सभा तर्फ छिरिङ दोर्जे लामा काठमाडौँ क्षेत्र नं. ३ प्रदेश क बाट विजयी भएका छन् भने मनाङ क बाट मुनिन्द्र जङ्ग गुरुङ, मुस्ताङबाट नम्दु गुरुङ र विकल शेरचन विजयी भएका छन् । त्यसैगरी नेकपा एमालेबा…
सामाजिक संजाल