प्रकाशकीय
कोरोना भाईरस र पत्रिकाको निरन्तरताका सम्बन्धमा
मुलुककै जेठो पत्रिका तथा सरकारी प्रकाशन गोरखापत्रको समेत वितरणको अवस्था सहज छैन । सबैभन्दा बढी विक्री हुने पत्रिका कान्तिपुर, नयाँ पत्रिका, नागरिक दैनिक, राजधानी लगायतका पत्रिकाहरु समेतको प्रकाशन एवं वितरण रोकिएको अवस्थामा हामी मात्रै अछुतो रहने कुरै भएन ।
यसैले हामीले हाम्रो पत्रिका लावण्य सन्देशको आगामी केही अंक स्थगत गर्ने विचार गरेका छौँ । अवस्था सुध्रिनासाथ अथवा भनौँ लकडाउन हट्नासाथ हामी तपाइँहरुसमक्ष पुनः प्रस्तुत हुने बाचा गर्दछौँ ।
हामी तपाइँहरुको सूचनाको भोक मेटाउन अनलाईन ब्लग पोष्टमा भने रहीरहनेनै छौँ ।
हाम्रो यस विवशता भनौँ अथवा निर्णयबाट हामीलाई माया गर्ने सम्पूर्ण पाठकवर्ग एवं शुभचिन्तकहरुमा पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमा याचना गर्दछौँ ।
तपाईहरुको माया र स्नेह बरकरार रही रहने आशाका साथ केही समय पत्रिका बजारमा पु¥याउन नसकिने जानकारी समेत दिन चाहन्छौँ । धन्यवाद !

0 Comments
Thanks for your concerns