२६ पौष मंगलवार
लावण्य/साँखु । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलवार भएको मतदानमा प्रचण्डको पक्षमा २ सय ६८ मत प¥यो । विपक्षमा दुई मत प¥यो । सो दिन संसदमा जम्मा २ सय ७० जना सांसद उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित स्वतन्त्र सांसदहरूको समर्थन रहेको थियो ।
नेमकिपाका पे्रम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मतदान गरेका छन् ।
प्रचण्ड सरकारले प्रचण्ड बहुमत पाउनुलाई शंकाको दृष्टीले समेत हेरिएको छ । कतै यो अहिलेको गठबन्धन ट्ट्ने संकेत त हैन ! जे होस् अहिलेसम्मको सरकारमध्येकै सबैभन्दा बढी बिश्वासको मत लिन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई भने दिनैपर्छ ।


0 Comments
Thanks for your concerns