सामाजिक सञ्जाल र यसको प्रयोगमा चेत !





१२ मंसिर २०७९, सोमवार


लावण्य/साँखु । केही समय यता सामाजिक सञ्जालमा आफूलाई मन लागेको कुरा पोष्ट गर्ने र केही समयपछि वा केही दिन पछि हटाउने कार्य भएकोे देखिन्छ ।

हुनतः कुनै पनि सामाजिक सञ्जाल प्रयोग कर्ताको आफ्नो स्वतन्त्रता अनुसार यस्तो कार्य गर्नु स्वाभाविकै हो ।

तर यहाँ निर ध्यान दिनुपर्ने कुरा के हो भने कतिपय सामाजिक सञ्जाल प्रयोग कर्ताहरु सामाजिक राजनैतिक व्यक्तित्वहरु पनि हुन्छन् । उनीहरुको स्टाटस आउने र त्यसपछि पुनः हटाईएमा यस विषयलाई गम्भीर रुपमा लिइन्छ ।

त्यसैले कुनै पनि सामाजिक सञ्जाल प्रयोग कर्ताले आफूल राखेको स्टाटस भरिसक्य हटाउनु हुँदैन । यसले सो व्यक्तिको ढुलमुले पना देखाउँछ । त्यसैले भरिसक्य सोच विचार गरेर मात्रै सामाजिक सञ्जालमा आफ्नो कुरा पोष्ट गर्दा राम्रो हुन्छ ।

Post a Comment

0 Comments