काठमाडौँ २ प्रदेश (क) र (ख) बाट को–को सिफारिशमा परे




लावण्य/साँखु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ भने प्रदेशसभा (क) मा ३ जना र (ख) मा १३ जनाको नाम सिफारिश गरिएकोछ।

शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद दीपकप्रसाद कुईकेल, नेता लोकेश ढकाल, क्षेत्रिय सभापति कविर शर्मा र युवा नेता मनिष कोईरालाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश सभा (ख) मा सिफारिश भएका नामहरु यसप्रकार रहेको छ – जयराम पुडासैनी, लवराम दाहाल, ओमबहादुर कार्की, शंकर थापा, दामोदर गजुरेल, हरिभक्त न्यौपाने, युपि लामिछाने, विनोद सिलवाल, दिपक थापा, रामशरण ढुंगाना, प्रयाग कुईकेल, ई. शशांक न्यौपाने र उद्धव खड्का । समानुपातिकतर्फ खस आर्यमा शिव घिमिरे, चिरञ्जिवि खनाल, रमेश दाहाल, जिवनाथ दंगाल महिला तर्फ पवित्रा लामिछाने हुमागाई, अमला थापा, शर्मिला कार्की थापा, मञ्जु खड्का, निता बास्कोटा कोईराला, जनजाति पुरुष तर्फ श्रीभक्त श्रेष्ठ, दयाराम मानन्धर, प्रकाश स्याङ्बो, जनजाति महिला तर्फ संगिता श्रेष्ठ, दलिततर्फ सलमान बिसंखे र श्याम मिजार रहेका छन् ।

त्यसैगरी प्रदेश सभा (क) मा सिफारिश भएका नामहरु यसप्रकार रहेको छ – प्रत्यक्ष तर्फ धुर्ब केसी (पेन्टल), बिप्लव अधिकारी, अर्जुन पराजुली, समानुपातिक तर्फ राजकुमार लामा, सरोजा सापकोटा (महिला), हरिशरण नेपाली    दलित तर्फ, हरिशचन्द्र श्रेष्ठ      जनजाति तर्फ, महिला तर्फ प्रतिमा गौतम, लक्ष्मी थापा, जानकी केसी सिफारिशमा पर्नुभएको छ ।

Post a Comment

0 Comments