यस वर्षको कमल बहादुर विष्ट स्मृति पुरस्कार सम्पादक पवनलाल श्रेष्ठलाई प्रदान गरिने !



 


















– कृशु श्रेष्ठ –

यस वर्षको सम्पादक पवनलाल श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिने ।
६ असोज २०७९, बिहीवार
लावण्य÷साँखु । साँखु बाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका पत्रकार सम्पादक पवनलाल श्रेष्ठलाई यस वर्षको “कमलबहादुर विष्ट स्मृति पुरस्कार” यही असोज ८ गते शनिवार साँखुमा प्रदान गरिने भएको छ ।
उहाँलाई सो पुरस्कार काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशक अघिदेखि निरन्तर सक्रिय पत्रकारिता गरे वापत सो पुरस्का प्रदान गर्न लागेको हो ।
उहाँले पत्रकारिता क्षेत्रमा लागेर यस क्षेत्रको ईतिहास, पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति एवं यस क्षेत्रको प्रचार प्रसारमा योगदान गर्नुभएको छ । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ ।
श्रेष्ठ स्थानीयस्तरमा पत्रकारिता क्षेत्र अगाडि बढोस् भन्ने चाहना राख्नुहुन्छ । उहाँले नेपाल पे्रस युनियन मार्फत् र्२ पटक र लावण्य सन्देश मार्फत् १ पटक आधारभूत रेडियो एवं छापा माध्यमको पत्रकारिता सम्बन्धी तालिमको व्यवस्था समेत गर्नुभएको छ । आम सर्वसाधारणले पत्रकारिता तालिम लिएर लेखन शैलीमा परिवर्तन गरोस् भन्ने चाहना उहाँको थियो ।
बिभिन्न सामाजिक संघसंस्थाहरुमा सक्रिय श्रेष्ठ नेपाल पे्रस युनियन साँखु शाखाका संस्थापक अध्यक्ष एवं हाल वागमती प्रदेशका पार्षद् हुनुहुन्छ ।
गत वर्ष यो पुरस्कार ईतिहासविद् एवं लावण्य सन्देश साप्ताहिकका नियमित स्तम्भकार प्रकाशमान “सक्व” लाई प्रदान गरिएको थियो ।
यस पु्रस्कारमा नगद रु. १५ हजार र सम्मान पत्र प्रदान गरिनेछ ।
“कमलबहादुर विष्ट स्मृति पुरस्कार” संस्थाका अध्यक्ष राजु विष्टले यो पुरस्कार विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्न स्थापना गरिएको बताउनुभएको छ ।

Post a Comment

0 Comments