गजल – मानन्धर “अभागी”, साँखु, सलम्बुटार



आँखामा पिडा छ झाँकेर हेर

ढुक ढुकी यो मुटु छामेर हेर

असल खराब  केहो मेरो बारे

दिल  दिनु  अघि  जाँचेर  हेर

माया  भनेको थाहा पाउने छौ

दिलसँग  त्यो दिल  साटेर  हेर

तिमीले मलाई चोखो माया गर

थाहा पाउनेछौ  मुटु मागेर हेर

भाग्यमानी हुन्छौ  तिम्रो कसम

एक....चोटी मलाई पाएर हेर ।

Post a Comment

0 Comments