बिजुक्छे पत्नी शोभा प्रधान अब रहिनन्



लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँकी जीवनसंगिनी शोभा प्रधान बिजुक्छे अब रहिनन् ।

उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा असार ८ गते बुधवार अपरान्ह निधन भएको थियो ।

उहाँको अन्तिम सँस्कार यात्रामा भक्तपुर नगरभरी नै शोक छाएको थियो । शान्त भक्तपुर नगरीमा जब शोभाको शव यात्रा निक्लियो भक्तपुरबासी भावविव्हल भएर हेरिरहे ।

उहाँको दाहसँस्कार भक्तपुरको हनुमानघाटमा गरिएको थियो । त्यहाँका उहाँका कान्छा सुपुत्र सुवानले उहाँको पार्थिव शरीरमा दागवत्ति दिएका थिए ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो । सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत रहेकी प्रधानको उपचारकै क्रममा निधन भएको थिष्यो ।

Post a Comment

0 Comments