काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट
२०७९ असार ११ गते
लावण्य/साँखु । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।
त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।
भरतपुर महानगरपालिकाको बजेट बढ्यो, आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड विनियोजन
भरतपुर महानगर पालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् । जुन चालु आर्थिक वर्षको बजेटभन्दा १९.३९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको स्रोत व्यवस्थापन तर्फ भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त गर्ने अनुमान गरेको छ भने जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।
ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
ललितपुर महानगर पालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।
ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ ।
यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।
भक्तपुर नगरपालिकाले ल्यायो १ अर्ब ९३ करोडको बजेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दसौँ नगरसभा बिहीबार सम्पन्न भयो । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आ.व. २०७८÷७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. १ अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा कोभिड १९ ले असर पारेको विषम परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको थियो । बैठकले ख्वप अस्पतालमार्फत जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने जनताको सहयोगमा स्थापित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भक्तपुरका जनतालाई १ वर्षसम्म निःशुल्क र नगर बाहिरका लागि न्युनत्तम शुल्क लिएर वितरण गर्ने निर्णय गरेको छ ।
सभामार्फत नगर प्रमुख प्रजापतिले चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चीनका जनता र कम्युनिस्टहरूप्रति शुभकामना व्यक्त गर्नुभयो ।
संसारका राजनीतिक दलहरूको निम्ति समाजवादी देश चीन सफल उदाहरण बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले पश्चिमा राजनीतिक पार्टीको तुलनामा चिकपाको सदस्यताको ढाँचा, साङ्गठनिक संरचना, सञ्चालन विधि फरक भएको र संसारका सबै देशहरूसँग आपसी सम्बन्ध कायम र विकासमा सँगसँगै अगाडि बढ्न चीन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक पार्टी विचार र सिद्धान्तले ठुलो हुन्छ । नेपाल मजदुर किसान पार्टी आफ्नो सिद्धान्त र विचारमा अडिग भएकै कारण आज नेपाली जनताले मन पराएको पार्टीको रूपमा स्थापित छ ।”
आ.व. २०७८÷७९ को बजेटबारे सभासद्हरूद्वारा व्यक्त जिज्ञासामाथि प्रस्ट पार्दै नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको बजेट विनियोजन नगरको आवश्यकताअनुरूप भएको बताउनुभयो । यसअघि बजेटसम्बन्धी छलफलमा सभासद्हरूले बजेटमा सुधार गर्न विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
सभाको विशेष समयमा सभासद्हरू इन्द्रबहादुर प्याठले बाल सेवक विद्यालय पायक पर्ने ठाउँमा स्थानान्तरण गर्नुपर्ने, गंगालक्ष्मी बमनुले सल्लाघारी क्षेत्रको दायाँबायाँमा वृक्षरोपण गर्नुपर्ने र ऐतिहासिक सम्पदाहरूको नामकरण पुरानै गर्नुपर्ने, पञ्चमाया दुवालले लिबाली आवास क्षेत्रको सबै सडकमा पीच कार्य सकाउनुपर्ने, शिवप्रसाद बालाले खानेपानी आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने र नयाँ पुल बनाउँदा पुराना पुललाई सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने, कृष्णगोपाल चौगुठीले भनपा वडा नं. ३ स्थित तेखापुखु फल्चा पुनःनिर्माणको बजेट छुट्याउनुपर्ने र ज्ञानकुमार मगजुले नगरका वडाहरूको आकारअनुरूप बजेट विनियोजन हुनुपर्ने, वडा नंं. १० स्थित दिपङ्कर मन्दिर परिसरमा ढुङ्गा छपाइको लागि बजेट व्यवस्था गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
0 Comments
Thanks for your concerns