शंखरापुरको मेयरमा एमाले र उप मेयरमा काँगे्रसको अग्रता कायमै, वडा नं. ९ मा नेका र वडा नं. १ मा माके विजयी
२०७९ बैशाख ३१ गतेलावण्य÷साँखु । काठमाडौँको शंखरापुरमा नेकपा एमालेका कृष्णलाल बजगाइँले अग्रता लिएको छ, उहाँलाई नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले पछ्याईरहेका छन् ।
हामीलाई प्राप्त जानकारी अनुसार नेकपा एमालेका कृष्णलाल बजगाईले १२४८ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ११९१ मत प्राप्त गरेका छन् भने राप्रपाका रमेश नापितले १०८९ मत र नेकपा माओवादी केन्द्रका मधु केसी (निरज)ले ६५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी जसपा नेपालका भुवन वाईवाले १२ मत र गुलाफ चिन्हमा १ मत प्राप्त भएको छ ।
उप मेयरतर्फ भने नेपाली काँगे्रसका समिता श्रेष्ठले १६०४ मत, नेकपा एमालेका लक्ष्मी केसीले ९८३ मत, राप्रपाका विजयकुमारी वाईवाले ७१८ मत र नेकपा माओवादी केन्द्रका चण्डिका दंगालले ६७८ मत प्राप्त गर्नुभएको छ ।
वडा नं. १ मा माओवादीका बाबुराम विजयी
वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका बेद नारायण दंगाल (बाबुराम)ले ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा सदस्यहरुमा भने नेकपा एसको प्यानल नै विजयी भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गर्नुभएको छ । त्यसपछि क्रमशः नेकपा एमालेका प्रकाश दंगालले ५५६ मत, नेपाली काँगे्रसका सानबहादुर घ्लानले ५२७ र राप्रपाका दोर्जे लामाले २३८ मत प्राप्त गरेका छन् ।
वडा नं. ९ मा नेपाली का“गे्रसका सहदेव श्रेष्ठ विजयीवडा नं. ९ मा नेपाली काँगे्रसका सहदेव श्रेष्ठले ७७४ मत प्राप्त गरेर प्यानलैसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका भाईकाजी श्रेष्ठले ४७७ मत, राप्रपाका दिवाकर सिलवालले ३५३ मत र नेकपा एकीकृत समाजवादीका धर्मराज कार्कीले २२७ मत र नेकपा माओवादी केन्द्रका सरला खड्काले ९५ मत प्राप्त गर्नुभएको छ ।
शंखरापुर नगरपालिकामा सबैभन्दा पहिलो जीत नेपाली काँगे्रस र माओवादी केन्द्रको भागमा परेको छ । अब वडा नं. ८ र वडा नं. २ को मतगणना भईरहेको छ ।


0 Comments
Thanks for your concerns