जसको नीति उसैको नेतृत्व हुनुपर्छ – सुवेदी




मैले चुनाव जित्ने प्रमुख आधार भनेकै मेरो राजनैतिक सामाजिक भूमिका नै हो । म यस शंखरापुर नगरपालिकामा करिब ३० वर्षदेखि परिचित व्यक्ति हुँ । मैले राजनैतिक पदहरुमा रहँदा र नरहँदा पनि तथा सामाजिक भूमिकामा रहँदा पनि कोही कसैलाई लाखा पाखा नगरिएको र परिवर्तित राजनैतिक व्यवस्थाले मात्रै जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने मेरो ठहर भएको हो । –सुवेदी


(गत स्थानीय चुनाव २०७४ मा उम्मेदवार बन्दै गर्दा नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका नेता कृष्णराज सुवेदीसँग त्यत्तिबेला चुनाव अगाडि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । आम जनताले आफुले मतदान गरेका नेताले के गरे गरेनन् छुट्याउन सजिलो हुने अपेक्षा हामीले लिएका छौँ ।– सम्पादक)

(काठमाडौँ जिल्लाको ऐतिहासिक नगरपालिका शंखरापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएका केन्द्रिय सदस्य कृष्णराज सुवेदी शंखरापुर न.पा. वडा नं. ५ मा बुबा खिलप्रसाद सुवेदी र आमा कृष्णकुमारी सुवेदीको कोखबाट वि.सं. २०२२ साल कार्तिक २६ गतेका दिन जन्मनुभएको हो ।

उहाँ २०३९ सालदेखि राजनीति र सामाजिक सेवा गर्दै आउनुभएका व्यक्ति हुन् ।  उहाँ २०४३ सालमा सुन्टोल गाउँ पञ्चायतको प्रधानपञ्चमा जनपक्षीय उम्मेदवारी दिई विजयी हुनुभएको थियो । त्यसपछि २०४६ को आन्दोलन लगत्तै भएको २०४९ सालको स्थानीय निकायको निर्वाचनमा सुन्टोल गाविसको अध्यक्ष पदमा विजयी हुनुभएको थियो भने २०५४ सालमा सुन्टोल ८ बाट वडा अध्यक्षमा विजयी भई मनोनित जिविस सदस्यको रुपमा काम गर्नुभएको थियो ।

त्यसपछि २०६० सालदेखि नेकपा माओवादीको नेवाः राज्य समितिको सदस्य हुँदै अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यका रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँसँग हाम्रा सम्वाददाता रामकृष्ण सिंले लिनुभएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक)

त्र शंखरापुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाइँको जित्ने आधार के होला ?

ं मैले चुनाव जित्ने प्रमुख आधार भनेकै मेरो राजनैतिक सामाजिक भूमिका नै हो । म यस शंखरापुर नगरपालिकामा करिब ३० वर्षदेखि परिचित व्यक्ति हुँ । मैले राजनैतिक पदहरुमा रहँदा र नरहँदा पनि तथा सामाजिक भूमिकामा रहँदा पनि कोही कसैलाई लाखा पाखा नगरिएको र परिवर्तित राजनैतिक व्यवस्थाले मात्रै जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने मेरो ठहर भएको हो । त्यो परिवर्तन कम्युनिष्ट पार्टीले मात्रै गर्न सकिन्छ भन्ने लागेरै कम्युनिष्ट पार्टीमा लागेको र अहिले म नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कार्यरत छु ।

यो नगरपालिकामा मैले आफूले नेकपा माओवादी केन्द्रमा रहेर विकास निर्माण देखि स्थानीय तहमा कानुन बनाउने र प्रशासन चलाउने सम्मका कामहरु सुझबुझपूर्ण ढंगले गर्न सक्छु भनेरै उम्मेदवारी दिएको हुँ । मलाई यहाँका अधिकांश जनताले चिन्छन् । मैले यस अघि पनि जनप्रतिनिधि भै काम गरिसकेको हुँदा जनताले बिश्वास गर्छन् । त्यसैले म यो चुनाव जनताको साथ पाएर जित्छु ।

त्र शंखरापुर नगरपालिकालाई विलय गराईएपछि भएको आन्दोलनमार्फत् शंखरापुर नगरपालिका यथावतरुपमा कायम भएको छ । यस विषयमा के भन्न चाहनुहुन्छ ?

ं कलिगत सम्वत् १८०१ मै शंखदेव राजाले नगर निर्माण गरि शंखरापुर नामाकरण गरिसकेको हुँदा यस ऐतिहासिक शंखरापुर नगरपालिकालाई अन्य नगरपालिकासँग जोड्दाखेरि पहिचान गुम्ने हुँदा यहाँका स्थानीयले आफ्नो पहिचान रहिरहोस् र ऐतिहासिक एवं साँस्कृतिक नगर साँखु शंखरापुरको वैभव फिर्ता होस् भनेर आन्दोलन गरेको हो । हाम्रो पार्टी पहिचानकै आन्दोलनमा रहिरहेको र नेपाली काँगे्रस सहितका दलहरु यस्को विरुद्धमा लागिरहेको अवस्थामा सांसद दीपकप्रसाद कुँइकेलले पहिचान सहितका शंखरापुरको आन्दोलनमा समर्थन जनाएको हुँदा उहाँको नेतृत्वमा आन्दोलन सञ्चालन गर्ने गरि हामी आफैले प्रस्ताव गरेका थियौँ । तर उहाँ असफल हुनुभयो । त्यसपछि यहाँका केही युवाहरुले नागरिक समाज मार्फत् शंखरापुर प्राप्तीको आन्दोलन गर्दा हामीले पूर्ण समर्थन गरेकै थियौँ । यसले नेकपा माओवादीले उठाउँदै आएको नेवाः राज्यको मागलाई जातिय राज्य मागेर विखण्डन गर्न खोज्यो भन्नेलाई जवाफ दिएको छ । त्यसैले पनि पहिचान सहितको साँखु शंखरापुरको मागलाई हामीले समर्थन गरेका हौँ । साथै हामीले हाम्रो नेतृत्व तहलाई पनि यसबारे बुझाउने कार्य गरेका थियौँ । हामी जनतासँग मिलेर शंखरापुर प्राप्तीको आन्दोलनमा निरन्तर लागिरहेकै कारण यो आन्दोलन सफल भएको हो । यसले गर्दा माओवादीको नीतिको जित भएको आभास हामीलाई भएको छ । त्यसैले हामी भन्छौँ जस्को नीति उसैको नेतृत्व हुनुपर्छ ।

त्र भूकम्पले ध्वस्त साँखु र शंखरापुरको विकास र पुनर्निर्माणको लागि केही योजना भए बताईदिनुस् !

ं २०७२ बैशाख १२ गतेको प्रलयकारी भूकम्पले साँखु बजार र वरपरका गाउँ वस्तीहरु ध्वस्त भयो । हामीले चाहेर पनि नचाहेरै पनि यो समस्यालाई ब्यहोर्नुप¥यो । खासगरी हाम्रो सम्पत्ति भनेकै घर जग्गा नै हो । घर जग्गा नै नभएपनि र यहाँको मठ मन्दिरहरु समेत ध्वस्त भएको अवस्थामा यहाँको स्थिति दयनिय थियो । शंखरापुर नगरपालिका भूकम्पको केन्द्रविन्दू रहेको हो । किनकी गोरखाको वारपाक देखि दोलखाको सुनखानीसम्मको बीचमा शंखरापुर पर्दछ । त्यसैले नै हामीले यस ठाउँमा जहरसिंपौवामा भूकम्प स्मृति पार्कको निर्माणको लागि शिलान्यास गराएका हौँ । यो क्षेत्रको विकासकोलागि भूकम्प ग्रस्त क्षेत्रको पूर्णरुपमा पुनर्निर्माण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

साँखुलाई केन्द्रविन्दू बनाएर पुनर्निमाणमा लाग्नुपर्दछ । यसको लागि मैले केही योजनाहरु प्रतिवद्धतापत्र मार्फत् जनताको घर दैलोमा पु¥याएको छु ।

त्र विगतमा भएका कुराहरु त भैहाल्यो अहिले चाहिँ तपाइँसँग के योजना छ ?

ं साँखुलाई पौराणिक ऐतिहासिक सहरको रुपमा विकास गर्नुपर्दछ भन्ने हाम्रो ठहर हो । यसको लागि तत्कालिन रुपमा नगरपालिकाबाटै केही राहत दिनुपर्दछ भन्ने पक्षमा हामी छौँ । सम्पदा वस्तीको रुपमा विकास गर्ने भएपछि कलात्मक झ्याल ढोका र दाचि इँट्टाले घर बनाउनुपर्ने भएपछि यसमा जे जस्तो सुविधाहरु उपलब्ध गर्न सकिन्छ हामी उपलब्ध गराउन चाहन्छौँ । त्यस्तै नाङ्लेभारेको पञ्चपाले क्षेत्रमा वस्ती नै सार्नुपर्ने स्थिति रहेको छ । त्यहाँ जमीन नै चिरा परेको छ । त्यसैले हामीले यस्तो ठाउँलाई प्राथमिकता दिएर एकीकृत वस्तीको निर्माण गर्न चाहन्छौँ ।

त्र तपाइँले उम्मेदवारी घोषणा गर्दै गर्दाखेरि अन्य साथिहरुले के कस्तो प्रतिक्रिया दिएका छन् ?

ं मलाई एउटा अचम्म लागिरहेको अवस्था छ । मैले तीन वटा ठूला ठूला परिवर्तनसँग साक्षात्कार गर्ने अवस्था पाएको छु र यहाँका जनताले मलाई यो अवसर दिएको छ । हिजो निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि जनपक्षीय प्रधानपञ्चको भूमिका निभाएका थियौँ । त्यो अवसर पनि मलाई कम्युनिष्ट पार्टीबाट नै प्राप्त भएको हो । त्यसपछि म नेकपा एमालेमा रहेर मदन भण्डारी देखि माधव नेपाल सम्मलाई जिताउँदै गर्दा पनि समाजलाई परिवर्तन गर्न सकिएन । त्यसपछि नेकपा माओवादीबाट यस्तो परिवर्तनको पक्षमा काम सुरु भएको हुँदा र त्यस्को नेतृत्व मैले यस शंखरापुर नगरीमा गर्न सक्छु भनेरै परिवर्तनको एजेण्डा बोकेर उम्मेदवारी दिएको हुँ । हामीले उम्मेदवारी छान्दा पनि सर्वसम्मतरुपमा छानेका छौँ । यो उम्मेदवारी छान्ने क्रममा हामीबाट आम जनताले धेरै अपेक्षा गरेका छन् । त्यो अपेक्षालाई आत्मसात गर्दै जनताको मागको सम्बोधन हुने गरी काम गर्न खोजेका छौँ । अन्य दलहरुले उम्मेदवारको निर्णय गर्न समेत धेरैपछि मात्रै गरेको अवस्था छ हामी अन्य दलहरुको तुलनामा समयमै उम्मेदवार चयन गर्न सक्षम भएका छौँ । र जनताको चाहना अनुसारकै उम्मेदवारी तय भएकोले आम जनताले हामीलाई मत दिनेछ ।

त्र तपाइँले चुनावी रणनीति के कसरी अगाडि बढाउनुभएको छ ?

ं हामीले चुनाव प्रचार प्रसारकोलागि विभिन्न जनवर्गीय संगठनबाट प्रचार प्रसार गरेका छौँ भने वाईसियलको नेतृत्वमा बुथ सुरक्षा कमिटी बनाएका छौँ । यसले अन्य अवाञ्छित गतिविधि गर्नेहरुलाई निरुत्साहित गर्नेछ र हामी यो चुनाव जित्नेछौँ भन्नेमा ढुक्क छौँ ।

त्र साँखुमा घर बनाईदिने योजना किन नआएको होला ?

ं हुनतः केही घरहरु बनाईदिने गरि लुथरन विश्व फेडरेशनले प्रस्ताव ल्याएको पनि थियो । उसले करिब २ सय घर बनाईरहेको पनि छ । तर त्यो संस्थाले करिब ४ हजार घर बनाईदिने भनि विभिन्न तरिकाले भूकम्प पीडितहरुको दुःखका तस्वीरहरु सार्वजनिक गरेर र पीडितहरुको आँशुको बजारीकरण गरेर जुन पिडा माथि थप पिडा दिने कार्य ग¥यो । त्यसले गर्दा सो संस्थासँग हाम्रो विश्वास रहेन । उसले केही पनि काम नगरिकनै घर बनाई दिएको पनि प्रचार ग¥यो । त्यसको विरुद्धमा हामीले आवाज उठाउनुप¥यो । जसले गर्दा सो संस्थाले काम गर्न सकेन । हामी हाम्रो सुख दुःखमा साथ दिने संस्थासँग काम गर्न चाहन्छौँ । तर हाम्रो दुःखको बजारीकरण गरेर उनले कमाउने अनि हामीलाई पिडा माथि पिडा दिने अवस्थामा काम गराउन सक्दैनाँै । बरु अब नगरपालिका आफैले यस क्षेत्रमा प्राथमिकता दिएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

त्र अन्त्यमा हाम्रा पत्रिका मार्फत् आम जनतालाई केही भन्न चाहनु हुन्छ की ?

ं धन्यवाद । सबैभन्दा पहिले त यस साप्ताहिकले मलाई केही कुराराख्ने अवसर दिनुभएकोमा । आम शंखरापुरबासीमा म एउटै कुरा अनुरोध गर्न चाहन्छु कि अहिले सिंहदरवारको अधिकारगाउँ ठाउँमा आएको छ । हामी हाम्रो स्रोत साधनको आफै मालिक भएकाछौँ । हिजोको जस्तो अवस्था थियो त्यसबाट मुक्ति मिलेको छ । त्यसैले “जसको नीति उसैको नेतृत्व” भन्ने उक्तिलाई सम्झेर नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडामा मत दिएर हाम्रा सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्न चाहन्छु ।

Post a Comment

0 Comments