सम्झना



कथा

सम्झना

– जीवन श्रेष्ठ –

ढोका ढक .. ढक गरेको आवाज

को हो .....

म ...

को म ...

सम्झना ... । को रे को रे सम्झना रे ! हो सम्झना नै हो ! ढोका खुल्लै छ । ढोका खोलेको आवाजसँगै सम्झना भित्र आउँदैछिन् ! हेर्दैमा राम्री पहिला जस्तो छिन् उस्तै देखिन्छिन् । भित्र आउँदै केही पाइला बढेपछि टक्क उभिएर एक तमासले मलाई हेरिरहन्छिन् । उस्को त्यस्तो हेराईमा अभाव झल्किन्थ्यो, मायाको भोको देखिन्थ्यो उसले त्यसरी हेरेको हे¥यै गरेपछि मेरो मुखबाट अनायासै यसरी शव्द निस्कियो 

सम्झना ... तिमी यहाँ के गर्न आयौ ! अर्काकी श्रीमती यसरी एक्लै कोठामा आउन मेरो प्रश्न सकिन नपाउँदै उनले भनिन् ! हो तिमीले भनेझैँ म अर्काकी श्रीमती हुँ । तर यो मनमा तिमी बसेको छौँ । तिम्रो माया यो मनमा मुरीका मुरी रहेको छ । अझ भनौँ मेरो शरीरका अंग अंगहरुमा तिमीले स्पर्श गरेका अनुभूतिहरु दौडिरहेको छ । उसमाथि तिमीले मेरो यी ओठलाई थिच्चिने गरी चुम्बन गरेको जति बिर्सन खोज्छु म बिर्सनै सक्दिन !

हेर मेरा यी ओठ अनि शरीरका अंगहरु भन्दै लगाइराखेको लुगा बिस्तारै फुकाल्दै गरेको देखेर भन्छु सम्झना तिमीले यो के गरेको, रोक रोक भन्दै म अगाडि बढ्छु ।

उस्लाई रोक्न खोज्दै गरेको मेरो हात समाई च्याप्प अँगालो हाल्छिन् । मलाई डर लाग्छ, मलार्ई के गरौँ कसो गरौँ हुन्छ । म उस्को अँगालोबाट छुट्टिन उस्को हात छुटाउन खोज्छु छुटाउनै सक्दिनँ ।

जति बल गरेपनि सक्दिन । उस्ले झनै कस्दै जान्छिन् । फेरी म आफ्नो भएभरको बल निकालेर छोड छोड मलाई भनेर छुट्टिन्छु ।

यसरी कराउँदै छुट्टिएसँगै म झसंग हुन्छु । कस्तो सपना देखेको ! होइन किन आज सम्झनाको सपना देखेँ ! खाटबाट जुरुक्क उठेर झ्यालमा गएर हेर्छु । बाहिर अँध्यारो छ । कुकुरहरु भुकिरहेका छन् । एक तमासले म अँध्यारोमा हेरिरहन्छु । हेर्दा हेर्दै अँध्यारोमा सम्झना देखिन्छिन् ।

मेरो घर तिर हेर्दै मलाई बाहिर आउ भनेर बोलाएझैँ लाग्छ । एकमनले फेरी रातको यो अवस्थामा कसरी सम्झना आउँछिन् र ! उसलाई यस्तो रातमा कसरी घरका मान्छेहरुले पठाउलान र ! मनमा यस्तै प्रश्नहरुले घोडाजात्रामा घोडा दौडेझैँ दौडिरहन्छ ।

म ठीक त्यसको सही उत्तर पाउन सक्दिन । एकमनले फेरी भन्छ उसनको श्रीमान्सँग उनका परिवारसँग झगडा भयो होला, त्यही भएर यहाँ आएकी होला ! फेरी आफैले आफैलाई प्रश्न गर्न पुग्छ । अर्काकी बुहारी, अर्काकी श्रीमती झगडै गरेर आएकी भएपनि मलाई बोलाउन किन आउँथ्यो । मलाई बोलाउन उस्लाई के को आवश्यकता पथ्र्यो ! मनमा यसरी कुरा खेल्दा खेल्दै नै सम्झना अँध्यारोमा बिलिन हुन्छिन् । म पनि झ्यालको खोपा लगाएर घोप्टो परेर सुत्छु । कतिखेर निन्द्रा लागेछ पत्तै भएन ।

भित्तामा झुण्ड्याईएकमो लंगु घडीले बिहान ७ बज्यो भन्ने मैना चरीको आवाजद्वारा संकेत गरेपछि उठेर ओछ्यान मिलाएर हात, मुख धोई सोमवारका दिन भगवान शिव दर्शनका लागि गएँ । जाँदै गर्दा हातमा पूजा थालि लिएर हेर्दैमा सिकुटे नराम्री एउटी केटी मेरो अगाडि आईरहेकी थिइन् ! त्यसरी आउँदै गरेकी ती केटीले टक्क उभिएर मलाई हेर्छिन् । तब मैले थाहा पाएँ, उनि त सम्झना पो रहिछिन् ! पहिलाको सम्झना र अहिले मेरो अगाडि उभिएकी सम्झनामा आकाश पातालको फरक छ ।

उ बिस्तारै म तर्फ अगाडि आउँछिन्, उ अगाडि आएपछि मेरो मनमा उस्ले भनेका कुराहरु कुवामा पानी उमे्रझैँ उम्रिएर आउँछ ।

तिमीसँग लागेको माया आजबाट सकियो, मेरो विवाह तिमीसँग हुन सक्दैन, आमा, बुबाले तिमीलाई मन पराउँदैन, तिमी गरीब परिवारको मान्छे, हाम्रो परिवारको लागि लायक छैन, तिमीसँग माया गरेर मैले गल्ति गरेँ, अब देखि मलाई फोन नगर्नु, मलाई बोल्नु पर्दैन भन्दै गएको याद आउँछ, त्यसैले उस्को ..... बढाईलाई रोक्न खोज्दै भन्छु सम्झना तिमी म तिर अगाडि नबढ । म गरीब मान्छे, म काम नलाग्ने मान्छे भन्दै उस्लाई पन्छाएर अघि बढ्छु ! उस्ले जीवन, मेरो जीवन भनिरहेको आवाज मेरो कानमा गुञ्जिरहन्छ ।

म सुनेनि नसुने झैँ गरी अगाडि बढिरहेकै हुन्छु । हे भगवान, हे शिव यो कस्तो अवस्थामा हाम्रो भेट गराइदियौ भन्दै म शिव भगवानलाई दर्शन गर्नका लागि लाइनमा उभिसकेकमो आफैलाई पत्तै भएन । हे भगवान धेरै दिनपछि उस्को सम्झना हुने गरी किन सपनामा देखेँ, फेरी प्रत्यक्ष किन किन भेट भयो मनमा कुरा खेल्दा खेल्दै शिव भगवानलाई ढोगिरहेको पत्तै भएन । .......

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments