कोरोना महामारी भारतमा घट्दै, नेपालमा बढ्दै



– कृशु श्रेष्ठ –

२०७८ भाद्र ५ गते

लावण्य÷साँखु । कोरोना भाइरसको महामारी नेपालमा बढ्दो क्रममा रहेको छ । दैनिक निको हुने भन्दा संक्रमित थपिने क्रम बढेसँगै नेपालमा संक्रमण बढ्दो क्रममा रहेको हो ।

गत शुक्रबारको आँकडा हेर्ने हो भने ३ हजार ४२ जना संक्रमित थपिएका छन् । निको हुने जम्मा २ हजार २४४ जना रहेका छन् । १७ हजार ६५४ जनाको परीक्षण हुँदा ३ हजार ४२ संक्रमित थपिएका हुन् ।

निको हुने दर घटेर ९३.१ प्रतिशतमा झरेको छ । सरकारले विभिन्न शैलीमा निषेधाज्ञा लगाए पनि प्रभावकारी हुन नसकेपछि संक्रमित निरन्तर बढिरहेका छन् । अहिलेसम्म ७ लाख ४४ हजार ३०७ जना संक्रमित भएकामा ६ लाख ९३ हजार ५४३ जनालाई निको भएको छ ।

अहिलेसम्म नेपालमा १० हजार ४५५ जनाको ज्यान गएको छ । शुक्रबार मात्रै २६ जनाको ज्यान गएको छ । कुल संक्रमितको १.५ प्रतिशत मानिसले ज्यान गुमाएका छन् ।

हाल सक्रिय संक्रमित बढेर ४० हजार ३०९ पुगेका छन् ।

भ्याक्सिनलाई प्राथमिकता दिइएकामा अहिलेसम्म ४९ लाख ७ हजार ५२३ जनाले पहिलो डोज लगाएका छन् भने ३७ लाख ९९ हजार १७८ जनाले दुवै डोज खोप लगाएका छन् ।

नेपालमा संक्रमित बढ्दै जाँदा भारतमा भने संक्रमण कम हुँदै गएको छ । भारतमा सक्रिय संक्रमित घट्दै गएर ३ लाख ५५ हजार ३९१ जना पुगेको छ ।

शुक्रबार भारतमा ३४ हजार २८८ संक्रमित थपिँदा ३६ हजार २४८ जनालाई निको भएको छ । अहिलेसम्म भारतमा ३ करोड २३ लाख ९२ हजार ५०६ जना संक्रमित भएका छन् ।

३१ लाख ५९ हजार ३८६ जनालाई निको भएको छ । शुक्रबार ३७६ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ३३ हजार ९९८ जनाको ज्यान गइसकेको छ ।

भारतमा अहिलेसम्म ५७ करोड २२ लाख ८१ हजार ४८८ जनाले कम्तीमा एक डोज खोप लगाएका छन् । कुल जनसंख्याको ३३.३ प्रतिशतले कम्तीमा एक डोज खोप लगाउँदा ९.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।

धेरै दिनपछि कोरोना संक्रमितको तुलनामा निको हुने बढे !

नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई हजार ३८२ जना निको भएका छन् ।

केही हप्ता अगाडिदेखि संक्रमितको तुलना निको हुनेको संख्या लगभग आधा रहेकोमा आज भने संक्रमितको तुलनामा निको हुने बढ्नु सुखद संकेत मान्न सकिन्छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ७५ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ७०३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२४ र पाँच हजार ४७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Post a Comment

0 Comments