कोरोना अपडेटः संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी



– कृस्टिना श्रेष्ठ –

आइतबार, भदौ १३, २०७८

लावण्य/साँखु । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाभित्र निको हुनेको संख्या २२६० रहेको छ भने मृत्यु हुनेको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार यसबेला देशभर संक्रिय संक्रमितहरुको संख्या ३५ हजार ७ सय ९६ रहेको छ । 


Post a Comment

0 Comments