– क्रिस्टिना श्रेष्ठ –
२०७८ साउन २३ गते
लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ९४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५१ पुगेको छ ।
नगरपालिकाले प्रकाशित गरेको साउन २१ गतेको डाटा अनुसार कोभिड १९ का ८ जना थपिएका छन् भने ७ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।
दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ९४ जना संक्रमित भएका छन् । त्यसमा २६१ महिला र ३३३ पुरुष रहेका छन् ।
सक्रिय संक्रमितको संख्या ५१ रहेको छ जसमा महिला २२ र पुरुष २९ रहेको छ ।
त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ५२४ पुगेको छ । जसमा २३२ जना महिला र २९२ जना पुरुष रहेका छन् ।
त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा १ मात्रै रहेको छ जसमा १ जना महिला रहेको छ ।
अहिले होम आईसोलेसनमा रहेकाहरु ५० जना छन् जसमा महिला २१ र पुरुष २९ रहेका छन् ।
नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।
वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ८८ प्रतिशत
– वडा नंं. १ मा ३४ जना संक्रमित मध्ये निको भएका २८ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु २ जना
– वडा नंं. २ मा २७ जना संक्रमित मध्ये निको भएका २६ जना, सक्रिय संक्रमित १ जना, मृत्यु ० जना
– वडा नंं. ३ मा ५४ जना संक्रमित मध्ये निको भएका ४९ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु १ जना
– वडा नंं. ४ मा ४९ जना संक्रमित मध्ये निको भएका ४३ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु २ जना
– वडा नंं. ५ मा ५२ जना संक्रमित मध्ये निको भएका ४४ जना, सक्रिय संक्रमित ३ जना, मृत्यु ५ जना
– वडा नंं. ६ मा १२१ जना संक्रमित मध्ये निको भएका १०९ जना, सक्रिय संक्रमित ७ जना, मृत्यु ५ जना
– वडा नंं. ७ मा ७३ जना संक्रमित मध्ये निको भएका ६९ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना
– वडा नंं. ८ मा ४१ जना संक्रमित मध्ये निको भएका ३७ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना
– वडा नंं. ९ मा ९५ निको भएका ७७ जना, सक्रिय संक्रमित १८ जना, मृत्यु ० जना
– वडा नखुलेका ४८ निको भएका ४२ जना, सक्रिय संक्रमित ६ जना, मृत्यु ० जना्
सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । यी वडाहरुमा कोभिड–१९ बाट ५ जना व्यक्तिको निधन भईसकेको छ । त्यसपछि वडा नं. ८, ७, ४ र १ मा २÷२ जनाको मृत्यु भईसकेको देखिन्छ भने वडा नं. ३ मा १ जना को मृत्यु भएको देखिन्छ ।
मुलुकभरको निको भएकाहरुको संख्या ९४.४८ प्रतिशत माथि र उपत्यकामा ९६.१९ प्रतिशत माथि हुँदा शंखरापुरमा ८८ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ ।


0 Comments
Thanks for your concerns