शंखरापुरमा सक्रिय सक्रमित ६३ निको भएका ४७७



– क्रिस्टिना श्रेष्ठ –

२०७८ साल साउन १० गते

लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ५९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो ।

तीन दिनमा ३० जना संक्रमित बढेसँगै नगरपालिकाले केही सजग हुन अपिल गरेको छ ।

नगरपालिकाले प्रकाशित गरेको साउन ९ गतेको डाटा अनुसार कोभिड १९ का १० जना थपिएका छन् भने ८ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।

दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ५९ जना संक्रमित भएका छन् । त्यसमा २४६ महिला र ३१३ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ६३ रहेको छ जसमा महिला २७ र पुरुष ३६ रहेको छ ।

त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ४७७ पुगेको छ । जसमा २१२ जना महिला र २६५ जना पुरुष रहेका छन् ।

त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा ८ मात्रै रहेको छ जसमा ४ जना महिला र ४ जना पुरुष रहेको छ ।

अहिले होम आईसोलेसनमा रहेकाहरु ५५ जना छन् जसमा महिला २३ र पुरुष ३२ रहेका छन् ।

नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ८६ प्रतिशत

– वडा नंं. १ मा ३१ जना संक्रमित मध्ये निको भएका २७ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना

– वडा नंं. २ मा २६ जना संक्रमित मध्ये निको भएका २४ जना, सक्रिय संक्रमित २ जना, मृत्यु ० जना

– वडा नंं. ३ मा ५० जना संक्रमित मध्ये निको भएका ४८ जना, सक्रिय संक्रमित १ जना, मृत्यु १ जना

– वडा नंं. ४ मा ४९ जना संक्रमित मध्ये निको भएका ४३ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु २ जना

– वडा नंं. ५ मा ५० जना संक्रमित मध्ये निको भएका ३८ जना, सक्रिय संक्रमित ७ जना, मृत्यु ५ जना

– वडा नंं. ६ मा ११५ जना संक्रमित मध्ये निको भएका ९२ जना, सक्रिय संक्रमित १८ जना, मृत्यु ५ जना

– वडा नंं. ७ मा ७० जना संक्रमित मध्ये निको भएका ६४ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु २ जना

– वडा नंं. ८ मा ४० जना संक्रमित मध्ये निको भएका ३७ जना, सक्रिय संक्रमित १ जना, मृत्यु २ जना

– वडा नंं. ९ मा ८४ निको भएका ६५ जना, सक्रिय संक्रमित १९ जना, मृत्यु ० जना

– वडा नखुलेका ४४ निको भएका ३९ जना, सक्रिय संक्रमित ५ जना, मृत्यु ० जना्

सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । यी वडाहरुमा कोभिड–१९ बाट ५ जना व्यक्तिको निधन भईसकेको छ । त्यसपछि वडा नं. ८, ७, ४ र १ मा २÷२ जनाको मृत्यु भईसकेको देखिन्छ भने वडा नं. ३ मा १ जना को मृत्यु भएको देखिन्छ ।

मुलुकभरको निको भएकाहरुको संख्या ९४.४८ प्रतिशत माथि र उपत्यकामा ९६.१९ प्रतिशत माथि हुँदा शंखरापुरमा ८६ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ ।

Post a Comment

0 Comments