रोचक जानकारी


यस्तो देश जहाँ


का जनता कम बोछन्

कम बोल्नु कोही मानिसको आदत हुनसक्छ । तर देशका सबै जनता नै कम बोल्छन् भने बुझ्नुपर्छ, दालमा कुछ काला हे । यो सुन्दैमा अनौठो लाग्न सक्दछ ।

युरोपेली मुलुक लातभिया यस्तो देश हो जसलाई कम बोल्ने जनता भएको देश भनिन्छ । कम बोल्नु त्यहाँको संस्कृतिको एक हिस्सा हो ।

यद्यपि, कतिपय लातभियन भने यो संस्कृतिको खुलेर आलोचना गर्दछन् ।

लातभियनहरु निकै सिर्जनशील हुन्छन् । मानिसहरु कम बोल्दै रचनात्मक सोचका साथ सम्बन्धको खोजी गर्दछन् । यसलाई देशको विशेषता मानिन्छ ।

हालै बेलायतको लण्डनमा भएको पुस्तक प्रदर्शनीमा लातभियन कमिक बुक चर्चामा रह्यो । लातभियन साहित्य संस्थाले तयार पारेको उक्त पुस्तक ‘म अन्तर्मुखि छु’ नामक अभियानको हिस्सा हो । यो अभियानको सुरुवात लातभियन लेखिका अनेते कोनस्तेले सुरु गरेकी हुन् । उनका अनुसार कम बोल्नु र मानिसहरुसँग कम भेटघाट गर्नु राम्रो बानी होइन ।

दुनियाँ एकठाउँमा आएको र मानिसहरु एक आपसमा खुलेर आफ्ना विचारहरु राखिरहेको बेलामा एकलकाटे हुनु र गमक्क पर्नु हानिकारक हुने भएको हुँदा मानिसहरुले आफ्नो आनीबानी बदल्नुपर्ने सुझाव उनको छ । एक अध्ययन अनुसार कला, संगीत तथा लेखन जस्ता सिर्जनात्मक काममा आबद्ध लातभियालीहरु निकै अन्तरमुखी तथा आफ्नै दुनियाँमा रमाउने खालका छन् ।

यो देशका मानिसहरु कम बोल्नेमात्र होइन, एकान्त मन पराउने खालका छन् । एक अर्को परिचितसँग भेट हुँदा पनि मानिसहरु मुस्कुराएको देख्न मुस्किल पर्छ । अझ कोही अपरिचितसँग आँखा जुध्दा मुस्कुराउने भन्ने त उनीहरुको शव्दकोषमै छैन ।

लातभियालीहरु एक अर्कासँग भेट गर्न पनि हिच्किचाउँछन् । मानिसहरु खुल्ला सडकको साटो भित्री गल्लीबाट हिँड्न रुचाउँछन् । धेरै मानिसहरुको जमघट हुने खालका कार्यक्रमको आयोजना पनि निकै कम हुन्छ ।

लातभियन गीत तथा नृत्य महोत्सव त्यहाँको सबैभन्दा ठूलो महोत्सव हो । उक्त महोत्सवमा १० हजार भन्दा धेरै कलाकारले भाग लिन्छन् । तर यति धेरै कलाकार हुँदा पनि दर्शकहरुको संख्या कम भएपछि यो महोत्सव बर्से्नि हुन छाड्यो र पाँच वर्षमा एकचोटी आयोजना गरिन्छ ।

लेखिका कोनस्तेका अनुसार,  मानिसहरु यति मतलबी छन् कि छिमेकीसँग बाटोमा जम्काभेट होला र हाइहेल्लो गर्नुपर्ला भनेर छिमेकी घरबाट कतिबेला निस्केर बाटो लाग्ला भनेर कुर्दछन् र मात्र आफू निस्किन्छन् । बीबीसी

भर्चुअल स्कुल जहाँ विद्यार्थी हाजिर हुनैपर्दैन

हुनत हामीले दूर शिक्षाको विषयमा हाम्रै देशमा सुने देखेकै छौँ । जापानमा भने एउटा यस्तो भर्चुअल स्कुल सुरु भएको छ जहाँ विद्यार्थीहरुलाई स्कुलमा हाजिर हुनुपर्ने बाध्यता छैन ।

जापानमा पहिलोपटक स्थापना भएको उक्त भर्चुअल स्कुलमा शिक्षक तथा विद्यार्थीहरु इन्टरनेटको माध्यमबाट सम्पर्क तथा शिक्षक सिकाइ क्रियाकलाप गर्दछन् ।

अप्रिल २४ देखि सुरु भएको यो स्कुलमा अहिलेसम्म २०४ जना विद्यार्थी भर्ना भैसकेका छन् । स्कुलमा भर्र्ना हुने विद्यार्थीले प्रति वर्ष १ लाख ८० हजार येन शुल्क बुझाउनुपर्छ ।

यो स्कुलमा अध्ययन गर्नका लागि विद्यार्थीले आफ्नो विशिष्ठ अवतार तयार गर्नुपर्छ । जसका लागि विद्यालयले विभिन्न हेयर स्टाइल तथा पहिरनको नमूना दिएको हुन्छ । आफ्नो सोही अवतारमा इन्टरनेटको माध्यमबाट विद्यार्थीहरुले पढाइ गर्दछन् । यसका लागि विद्यार्थीहरुले कम्प्युटरमा विशेष प्रकारको सफ्टवेयर इन्स्टल गर्नुपर्छ । उक्त सफ्टवेयरको माध्यमबाट विद्यार्थीले आफ्नो अवतारलाई अध्ययनका लागि कक्षामा पठाउने निर्देशन दिनसक्छन् । साथै उनीहरुले अध्ययन सामाग्रीको अडियो तथा भिडियो सामग्री वा इ बुक पनि प्राप्त गर्दछन् । त्यस्तै अन्य विद्यार्थी तथा शिक्षकको अवतारसँग भिडियो च्याट पनि गर्न सक्छन् ।

जापानकै चिबा क्षेत्रमा रहेको मेइसेइ स्कुलले यस्तो भर्चुअल कक्षा सुरु गरेको हो । मेइसेइ स्कुलले लामो समयदेखि दूर शिक्षाको माध्यमबाट स्तानक तहसम्मको पढाइ संचालन गर्ने गरेको छ ।

चार वर्ष अगाडिको समाचारबाट

Post a Comment

0 Comments