पोखराको “गाईजात्रा” तायमचा ः पोखराका केही जात्रा पर्व

 

 


रवीन्द्र माकाजू

लावण्य÷साँखु पोखरामा मनाइने प्रमुख जात्रा, पर्वहरूमध्ये गाईजात्रापनि एक हो यो नेवार समुदाय मा निकै लोकप्रिय नेवारहरू एसलाई सापरु पनि भन्दछन् विशेष गरी मल्लकाल देखि गाईजात्रा मनाउने प्रचलन चलेको हुनुपर्छ भनिन्छ राजा प्रताप मल्लले पुत्रशोक मा डुवेकी महारानीलाई सान्त्वना दिन गाईजात्रा गरेका थिए तेस बेला शुरू भएको यो जात्रा आज पनि मृतक संस्कार मा आधारित भएरै चल्दै आइरहेको भनिन्छ एस दिन स्वर्ग को द्वार खुल्ला हुने गर्छ तसर्थ एस दिनमा धार्मिक कृत्य ¥यो भने मृतक लाई स्वर्गलोक प्राप्त गर्न सहज हुन्छ यो दिन मृतक को गुणगान मृतक प्रति श्रद्धाञ्जलि का साथै हाँसो, ठट्टा व्यङ्ग्य गर्दै आनन्द लिने पनि गरिन्छ धर्मशास्त्रमा वर्णित विधान अनुसार जसरी मर्नु अघि गाईको पुच्छर समातेर वैतरणी गरे स्वर्ग पुगिन्छ भन्ने शास्त्रीय विधान भेटिन्छ लगभग तेस्तै मृतक लाई एस कार्य बाट स्वर्गमा पुग्न सहयोग पुग्न सक्दछ भन्ने पवित्र आस्था पनि हिन्दुसंस्कृति मा रही आएको पाइन्छ



गाईजात्राको दिन (श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट) मृतकको संझनामा गाई निकाल्ने गरिन्छ डोको भित्र मान्छे पसेर मृतकको फोटो सजाई बाँसको लिङ्गलाई गाईको सम्झना गरिन्छ काठमाण्डौ उपत्यका (जहाँ नेवार समुदायको बाक्लो बस्ती हुन्थ्यो) त्यहाँ गाई निकाल्दा के अनुभूति गरिन्थ्यो भने हाम्रा घर परिवारका सदस्य मात्र मरेका होइनन् अरुका घर परिवार का सदस्य पनि मरेका रहेछन् भन्ने मानेर सबैमा सान्त्वना को सञ्चार हुने गरेको तेसै गरी एस वर्ष शहरमा कति मानिसको मृत्यु भयो भनेर तथ्याङ्क संकलन जस्तो पनि हुन पाउँथ्यो जे होस् राजा प्रताप मल्ल ले आफ्नी रानीलाई सान्त्वना दिने उद्देश्य का साथ ख्याली बनाई हँसाउने प्रयत्न गरेको दिन लाई नै गाईजात्रा भन्ने गरिएको कुरा मा कसैको दुईमत छैन हुँदैन पनि एस सन्दर्भ मा के कुरा पनि अविस्मरणीय भने हाम्रा मात्रै सन्तान मरेका होइनन्, अरु पनि मरेका हुनाले शोक गर्नु बुद्धिमानी होइन भन्ने सन्देश दिन खोजेका थिए राजा प्रताप मल्लले वास्तव मा नै यो एउटा मनोवैज्ञानिक समाधान को उपाय हो

यसरी शुरू भएको यो महत्वपूर्ण जात्रा का दिन पोखरामा सक्नेहरूले मृतकको सम्झनामा रामायण प्रदर्शन समेत गर्ने परम्परा रहिआएको रामायण प्रदर्शन मा भगवान् राम को जीवन झल्काउने गरी झाँकी प्रदर्शन गरिन्छ प्रदर्शन मा विशेषगरी आफ्नै सन्तानलाई राम, लक्ष्मण, सीताको भेष धारण गर्न लगाइन्छ अर्कातिर हनुमान, जाम्बवान, नारद, राधाकृष्ण, शिव, पार्वती आदि का झाँकीहरू बनाएर भजन कीर्तन गर्दै नगर परिक्रमा गराइन्छ नगर परिक्रमा मा मृतक का आफन्त आमन्त्रित जनहरू पनि शरीक हुन्छन् एसरी रामायण प्रदर्शन गर्नाले मृतकले स्वर्गमा स्थान प्राप्त गर्दछन् भन्ने व्यापक जनविश्वास रहेको पोखराका हरेक टोलबाट गाईजात्रा नृत्य प्रदर्शन गर्ने गरिन्छ जहाँ परी जोकर पनि नचाइन्छ झ्याली, खिं शहनाई बजाइन्छ एस दिन तायामचा नृत्य प्रतियोगिता पनि गरिन्छ पोखरामा प्रदर्शन गरिने यो नृत्य अन्यत्रको भन्दा भिन्न हुनत यो नृत्य काठमाण्डौ उपत्यकाबाट नेवार समुदायले भित्र्याएको भएता पनि पोखराले यस नृत्य मा छुट्टै विशेषता विकसित गरेको यसरी नवीनता वा वैशिष्ट्यता कायम गर्न सक्नु पोखरेली तायमचा नृत्य को महत्वपूर्ण पक्ष नै हो पोखरा बाहिर मृतक का घर बाट आफ्ना सन्तानलाई जोगीको भेष बनाई नगर परिक्रमा गराइन्छ गाईजात्रा पर्वमा ख्याली बनेर हँसाउने चलन भने अचेल क्रमशः घट्दै गइरहेको एस दिन विन्दुवासिनीका वाशुदेव अधिकारी यमराज बनेर चोक चोकमा भाषण गर्दथे भालेचरो (रानीपौवाका) ले खूब हँसाउँथे एस्तै अरू पनि थुप्रै कलाकार विभिन्न भेषमा सिँगारिएर मनोरञ्जन दिन खोज्दथे यो एकदमै राम्रो प्रचलन हो यो पर्व वास्तवमा नै हाँस्ने हँसाउने पर्व हो मान्छे हाँस्न, व्यङ्ग्य गर्न पनि एसै दिन को प्रतीक्षामा बस्दथे पत्रपत्रिकाले पनि एस दिन गाईजात्रा अंक निकालेर समाजका विकृति, विसंगति विरुद्ध कलम चलाउँथे एसरी गाईजात्रा का दिन जे भनेपनि जे लेखे पनि छूट पाउने राम्रो परम्परा थियो

(पोखराका केही जात्रा पर्व पुस्तकबाट–“गाईजात्रा)

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments